पाठक पत्र : तत्कालिन लकडाउनको ओखती के?

पाठक पत्र : तत्कालिन लकडाउनको ओखती के?

तत्कालिन लकडाउनको ओखती के?

विषम परिस्थितिमा कोरोना भाइरस  नै हावी भइरहेकोले विश्वनै यो रोगलाई अब श्राप दिइरहेको अवस्थामा छ । मान्छे वाँच्ने भन्दा मर्नेले उछिन्न लागेको अवस्था छ । विश्व रोहिरहँदा हामी नेपालीलाई न यसको कुनै अत्तो पत्तो छैन । मर्नेको संख्या बढीरहँदा नेपालमा लकडाउन उल्लंघन गर्नेको संख्यामा पनि उल्लेख्य वृद्धि छ। हुनपनि विचरा गरिविले पिल्सिएको नेपालीहरुमा विहान के खाउँ बेलुका के खाउँ भन्ने अवस्था छ । व्यवसाय चौपट्ट छ समग्र आर्थिक क्षेत्र डामाडोल छ ।भाग्यवश समयमै केही चनाखो भएकोले नेपालले लगभग यसै अवस्थामा मानविय क्षति व्यहोर्नुपर्ने पक्का छ ।

लकडाउन ३ साता हुनै लाग्दा अब पनि यसकै पछि लागिरहनुभन्दा यसलाई कम वा हटाउन सकिने केही आधार पनि हुन सक्छन् ।

कसरी लकडाउनवाट उन्मुक्ति पाउने त?

१) जोखिम छ तर तत्कालिन अवस्था के छ विश्लेषण गर्नु जरुरी छ । लगभग अब सबै मेडिकल परीक्षणहरु द्रुत गतिमा अघि बढ्न थालेको छ । हालसम्मका परिक्षणका नतिजाहरु आसलाग्दा छन्।  संक्रमित निको हुने क्रममा छन् । अहिले नेपाललाई सबैभन्दा खतरा भारतबाट छ। त्यसो भएको हुनाले कुनैपनि हालतमा भारतिय नाकालाई अझै केही साता पुरै कडाइका साथ लकगर्ने । चोरवाटाहरुमा अनिवार्य रुपमा सुरक्षाकर्मीले वाक्लो उपस्थिति जनाई आवागमन ठप्प पार्ने ।

२ं) नेपालमा अहिले बाहिरबाट आउने क्रम ठप्प छ। संक्रमित नदेखिएका वा कम जोखिम भएका पालिकाभित्र, जिल्लाभित्र वा प्रदेशभित्र आवश्यक्ताका आधारमा लकडाउनले समस्यामा परेका व्यक्तिहरु साथै अत्यावश्यकलाई   विस्तारै लकडाउन खोल्दै न्यूनतम आवागमन खुला गर्न सकिन्छ । तर सावधानी अपनाएर मात्रै ।

३) विवाह भोजभतेर ,सेमिनार गोष्ठि र सार्वजानिक सवारी साधनमा केही समयलाई पूर्ण प्रतिवन्ध लगाउने जस कारणले फेरी कुनैपनि जोखिम नवढोस् भन्नेमा ध्यान दिन सकिन्छ ।

४)सवैलाई पूर्ण सचेतना जगाउन करकारले अवका दिनहरुमा कोरोनाको मूख्य औषधि सावुनपानी वा ह्याण्ड सेनिटाइजरको प्रयोग गराउनमा जोड दिने। सार्वजनिक स्थलमा अनिवार्य रुपमा ती वस्तुहरुको सहज उपलब्धता गराउन स्थानीय सरकारले चासो दिने ।

सबैले सावधानी अपनाउने हो भने कोरोनाबाट जित्न सकिनेछ ।

हेमन्तजंग कठेत ,झापा,दमक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्