इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित हुन सक्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित हुन सक्ने

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित हुन सक्ने बताइएको छ । कोरोना भाइरसका कारण भारतमा लकडाउन लम्बिने सम्भावना देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन सक्ने बताइएको हो ।

यसअघि भारतमा अप्रिल १५ सम्मका लागि लकडाउन गरिएको थियो । हाल भारतमा पुनः लकडाउन थप्ने सम्भावना रहेको छ भने भारतका केही राज्यमा ३० अप्रिलसम्मका लागि लकडाउन बढाइएको छ । जसमा पन्जाव, महाराष्ट्र र कर्नाटकले पहिले नै लकडाउन थप्ने विषयमा सहमत जनाइसकेका छन् ।

त्यसैले हाल आईपीएलको समय सीमा तोक्न नसकिने बताइएको छ । तर, आईपीएल पूर्णरूपमा स्थगित भने गर्न नसकिने बीसीसीआई स्रोतले जनाएको छ । बीसीसीआई स्रोतका अनुसार प्रतियोगिता स्थगित गरे बीसीसीआईलाई ३ हजार करोडको नोक्सान हुन सक्ने भएकाले स्थगित गर्न नमिल्ने बताएको हो ।

आईपीएलको विषयमा सबै स्टेकहोल्डरसँग छलफल हुने संकेत दिइएको छ । आईपीएल पहिले २९ मार्चमा सुरु हुने तय भएको थियो । तर, कोरोना भाइरसका कारण १५ अप्रिलसम्मका लागि सारिएको थियो । यस मितिमा पनि प्रतियोगिता हुने सम्भावना न्यून रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्