श्रीलङ्कामा कोरोनाका कारण मृत्यु भएकाको जुनसुकै धर्मको भएपनि अन्त्येष्टी जलाएर गर्नुपर्ने नयाँ नियम

श्रीलङ्कामा कोरोनाका कारण मृत्यु भएकाको जुनसुकै धर्मको भएपनि अन्त्येष्टी जलाएर गर्नुपर्ने नयाँ नियम

श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेहरु जुनसुकै धर्मको भएपनि अन्त्येष्टी भने जलाएर नै गर्नुपर्ने नयाँ नियम लागू गरिएको छ । श्रीलङ्काको सरकारले अल्पसंख्यक मुसलमानको विरोधको उपेक्षा गर्दै यस्तो निर्णय लिएको हो ।

समाचार एजेन्सी एफपीका अनुसार श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म सातजनाको मृत्यु भएको छ । यीमध्ये तीनजना मुसलमान थिए । यी मुसलमानको शव पनि जलाइयो जबकी आफन्त र परिवारका सदस्य यसका लागि तयार थिएनन् ।

आइतबार श्रीलङ्काका स्वास्थ्यमन्त्री पवित्रा वाणिअराचछीले भने, ‘कोरोनाभाइरस संक्रमणका कारण भएको मृत्यु र संदिग्ध बिरामीको मृत्यु हुँदा पनि शवलाई जलाइनेछ ।’

यद्यपि, विश्व स्वास्थ्य संगठनले संक्रमणका कारण मृत्यु हुँदा शवलाई जलाउन वा गाड्न दुबै हुने बताएको छ ।

अहिलेसम्म श्रीलङ्कामा कोरोनाभाइरसका २ सय बढी संक्रमित पाइएका छन् । श्रीलङ्काले संक्रमण रोक्नका लागि कर्फ्यू लगाएको छ । श्रीलङ्का सरकारको यो निर्णयमाथि थुप्रै मोर्चाले आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्