भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३१ जनाले ज्यान गुमाए

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३१ जनाले ज्यान गुमाए

कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३१ जनाले ज्यान गुमाएका छन् भने ९ हजार २०५ जना संक्रमित भएका छन् । आइतबार मात्रै त्यहाँ ४३ जनाको मृत्यु भएको छ । शनिबारसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८८ थियो ।

भारतमा शनिबार ३९, शुक्रबार २३, बिहीबार ४८, बुधबार २८ र मंगलबार २५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

भारतमा कुल संक्रमितमध्ये १ हजार ८० जना उपचारपछि निको भएका छन् । बाँकी ७ हजार ७९४ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।

पछिल्ला तथ्यहरूका अनुसार भारतमा महामारी नियन्त्रणका प्रयास प्रभावकारी नहुने हो भने यसले इटली र स्पेनकै जस्तो भयावह अवस्था निम्त्याउने त्यहाँका जनस्वास्थ्य विज्ञहरूले बताउँदैन आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्