कैलालीमा थप एक महिला कोरोना संक्रमित , नेपालमा संख्या १३ पुग्यो

कैलालीमा थप एक महिला कोरोना संक्रमित , नेपालमा संख्या १३ पुग्यो

कैलाली । कैलालीमा थप एक महिला कोरोना संक्रमित भेटिएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी  महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डा.प्रकाश तिमिल्सिनाले बताए । ती महिला परिवारसहित वीरगन्जबाट फर्किएको बुझिएको बताउँदै डा.तिमिल्सिनाले उनलाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए ।

कोरोना संक्रमित उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । उनी पहिलेदेखि नै दमको रोगी रहेकी थिइन् । उनि वीरगन्जमा चिया पसल चलाउने गरेको बुझिएको छ ।

ती महिलासंगै ५१ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । स्वास्थ्य मन्त्रालयले भने औपचारिक घोषणा गरिसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्