विराटनगर बैशाख २ ,
विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना फैलने क्रममा नै रहेको छ । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा एक जनाको मात्रै कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
बिहारमा ६६ जना संक्रमित मध्ये २८ जना निको भएका छन् भने अहिले ४८ जना आइसोलेसनमा रहेका छन् । केहि दिन अगाडी मात्रै बिहारको सिवानमा ९ जना एकै परिवारका सदस्यमा कोरोना संक्रमण देखिएको थियो ।
बिहारमा लकडाउन कडा गरिएको छ ।
भारतमा सबैभन्दा बढी महाराष्ट राज्यमा २ हजार ३ सय ३४ जना कोरोना संक्रमित देखिएका छन् ।