कोरोना अपडेट : पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३९९ जनाको मृत्यु

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३९९ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३९९ जनाको ज्यान गएको छ । यसमा सबैभन्दा धेरै अमेरिकामा १ हजार ५१३ जनाको ज्यान गएको छ । यो संख्या थपिए सँगै अब कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २३ हजार ६१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा बेलायतमा ७१७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । इटालीमा ५६६, स्पेनमा ५४७, फ्रान्समा ५७४ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ ।

कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९५ पुगेको छ । इटालीमा २० हजार ४६५ जनाको मृत्यु हुँदा कोरोना कारण स्पेनमा १७ हजार ७५६ जनाले ज्यान गुमाइसकेका छन् ।

फ्रान्समा १४ हजार ९६७ जनाको ज्यान गइसकेको छ भने बेलायतमा ११ हजार ३२९ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्