कोरोना भइरसका कारण पाकिस्तानी पूर्व क्रिकेटर जफर सरफराजको निधन

कोरोना भइरसका कारण पाकिस्तानी पूर्व क्रिकेटर जफर सरफराजको निधन

एजेन्सी । कोरोना भइरसका कारण पाकिस्तानी पूर्व दिग्गज क्रिकेटर जफर सरफराजको निधन भएको छ । जफर पाकिस्तानका पूर्व प्रथम श्रेणी क्रिकेटर हुन् ।

कोरोनाको लक्षण देखिएपछि उनको टेस्ट गरिएको थियो । जसमा ७ अप्रिलमा उनको टेस्ट पोजिटिभ आएको थियो । उनको एक अस्पतालमा सोमबार ५० वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ ।

सरफराज ने १९८८ देखि १९९४ सम्म १५ प्रथम श्रेणी खेल खेलेका थिए । त्यस्तै उनले १९९० देखि १९९२ सम्म ६ लिस्ट ए खेलेका थिए । उनी स्लो लेफ्ट आम स्पिन बलिङ पनि गर्ने गर्दथे । उनले पाकिस्तानका फ्रेन्चाइज यू–१९ र सिनियर टिमको समेत प्रशिक्षण सम्हालेका थिए ।

पाकिस्तानमा हालसम्म ७४४ व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण पाकिस्तानमा सय व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्