कोरोना कहर : अमेरिकामा एकै दिन २ हजार ४०७ जनाको मृत्यु

कोरोना कहर : अमेरिकामा एकै दिन २ हजार ४०७ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)बाट अमेरिकामा एकै दिन २ हजार ४०७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण अमेरिकामा २४ घण्टामा यति धेरैको ज्यान गएको यो पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको ज्यान जाँदा अमेरिकमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ७६२, स्पेनमा ४९९, इटालीमा ६०२ तथा बेलायतमा ७७८ जनाको ज्यान गएको छ ।

यता, पछिल्लो २४ घण्टामा ७३ हजार ६८३ नयाँ संक्रमित थपिँदा अमेरिकामा मात्रै २६ हजार ९४५ संक्रमितको पहिचान भएको छ । त्यसपछि सबैभन्दा धेरै बेलायतमा ५ हजार २५२ कोरोना संक्रमित भेटिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्