बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार बढी

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार बढी

एजेन्सी, बैशाख ३ । बेलायतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको हो ।

त्यहाँ संक्रमितको संख्या पनि ९३ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घन्टामा ७७८ जनाको मृत्यु भएको छ । अघिल्लो दिनका तुलनामा त्यहाँ फेरि मृतक बढेका हुन् । अघिल्लो दिन ७१७ जनाको मृत्यु भएको थियो ।

सबैभन्दा बढी लण्डन शहरमा मानिसको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म २ हजार ८६५ जनाको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी संक्रमित छन् ।

सामाजिक दूरी कायम गर्ने नीतिले निकै राम्रो परिणाम दिएको भन्दै विज्ञहरुले यसलाई निरन्तरता दिन सुझाएका छन् । नयाँ संक्रमित ५२ सयभन्दा बढी थपिएका छन् ।

बेलायतमा रहेको नेपालीहरु पनि कोरोनाको प्रभावमा परेका छन् । केहीले ज्यान नै गुमाएका छन् भ ने केही संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्