कोरोना भाइरसका कारण डेनमार्कमा बन्द रहेका विद्यालयहरु खुल्न थाले

कोरोना भाइरसका कारण डेनमार्कमा बन्द रहेका विद्यालयहरु खुल्न थाले

कोपेनहेगन । कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् ।

युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु सुरु भएका छन् । कोभिड–१९ महामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारिखदेखि विद्यालयहरु बन्द भएका थिए ।

तर पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरुमात्र खुलेका छन् । अन्य स्थानमा भने स्थानीय स्वास्थ्य अवस्थालाई विचार गरी क्रमैसँग विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले जनाएको छ ।

सबै विद्यालय अप्रिल २० तारिखसम्ममा खुलिसक्ने अपेक्षा गरिएको छ । - एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्