विश्व कोरोना अपडेट : अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी

विश्व कोरोना अपडेट : अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी

जेनेभा
वैशाख ४ गते । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको छ ।

अमेरिकामा ६ लाख ४४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४८२ जनाको मृत्यु भएको थियो । अमेरिकापछि इटाली र स्पेनमा सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको हो । इटालीमा २१ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६५ हजार नाघेको छ । स्पेनमा भने १८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ ।

कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार १६७ जना र बेलायतमा १२ हजार ८६८ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ४४० जना, जर्मनीमा ३ हजार ८०४ जना, नेदरल्यान्ड्समा ३ हजार १३४ जना, स्वीट्जरल्यान्डमा एक हजार २३९ जना, स्वीडेनमा एक हजार २०३ जना र आयरल्यान्डमा ४४४ जनाको मृत्यु भएको छ । संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।

परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरू अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्