नइजेरियाको घटना : लकडाउन पालना गराउने क्रममा झडप,१८ जनाको मृत्यु

नइजेरियाको घटना : लकडाउन पालना गराउने क्रममा झडप,१८ जनाको मृत्यु

अबुजा, वैशाख ४ गते ।
कोरोनाभाइरस सङ्क्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बिहीबार बताएको छ ।

नाइजेरियाको ठूलो सहर लागोस र अबुजामा पूर्णरूपमा बन्दाबन्दी भएको छ भने अन्य केही राज्य र शहरमा अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन प्रशासनले नागरिकसँग आग्रह गरेको छ । सङ्क्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनको पालना गराउन प्रशासनले प्रहरी तथा सेनासमेतलाई परिचालन गरेको छ । मानवअधिकारवादी समूहले भनेको छ, “नाइजेरियामा बन्दाबन्दीको पालना गराउने क्रममा देशका विभिन्न राज्यमा झडपका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्याभन्दा बढी छ ।”

अत्यधिक जनघनत्व रहेको अफ्रिकी मुलुक नाइजेरियामा बिहीबारसम्म ४०७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ भने सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । नाइजेरियाली राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय समय अनुसार बुधबार रातिसम्ममा आफ्नो कार्यालयमा मानव अधिकार उल्लङ्घनका १०५ घटना दर्ता गराइएको छ र ती अधिकांश घटनामा सुरक्षाकर्मीबाट अनावश्यक बल प्रयोग गरिएको दावी गरिएको छ ।

“मुद्दामध्ये विभिन्न आठस्थानमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेकोले १८ जनाको मृत्यु भएको हो,” आयोगले भनेको छ । आयोगले मृत्यु सङ्ख्या सार्वजनिक भएभन्दा धेरै हुनसक्ने देखिएको उल्लेख गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्