चीनमा फेरी फैलदै कोरोना भाइरस : संक्रमणबाट मृत्यु हुनेको संख्‍या ४६ सय

चीनमा फेरी फैलदै कोरोना भाइरस : संक्रमणबाट मृत्यु हुनेको संख्‍या ४६ सय

बेइजिङ । चीनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्‍या ४६ सय पुगेको छ । केही सातादेखि चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म तीन हजार ३०० नै थियो ।

तर, शुक्रबार एक हजार २९० कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संख्या थपिएको छ । कोरोना भाइरसको उद्‌गमस्थल वुहानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० प्रतिशत अर्थात् एक हजार २९० थपिएका हुन् । पछिल्लो समय अस्पताभन्दा बाहिर मृत्यु भएकाहरुको तथ्यांक थप गरिएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या धेरै हुनसक्ने तर, चीनले उक्त तथ्यांक लुकाएको आरोप लगाएका थिए । वुहानका अधिकारीहरुले कुनै पनि कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांक नलुकाएको दाबी गरेका थिए ।

वुहानका एक करोड १० लाख नागरिकले ७६ दिन लकडाउन बिताएका थिए । वुहानमा ८ अप्रिलमा लकडाउन खुला गरिएको हो । चीनमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ६९२ पुगेको छ । केही सातादेखि चीनमा विदेशबाट आएका नागरिकमा कोरोना संक्रमण देखिए पनि  बिहीबार भने स्थानीय संक्रमितको संख्यामा वृद्धि भएको थियो । -बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्