बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९

मुकुन्द गैरे
काठमाडौं, बैशाख ५ गते । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइन स्थित नेपाली राजदूतावासले आज प्रेस विज्ञप्ती जारी थप २७ जना नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको बताएको हो ।
यस अघि २२ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएकोमा थप २७ जना थपिए संगै ४९ पुगेको हो ।
बहराइन अधिराज्यमा १६ अप्रिल बेलुका ७ बजे सम्ममा ७६ हजार ९ सय ४४ जनामा कोरोना संक्रमण भए ÷ नभएको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ ।

संक्रमित व्यक्तिहरुको संख्या ९ सय ९० जना रहेकोमा ३ जना क्रिटिकल अवस्थामा पुगेको छन् ।
संक्रमणबाट ठिक भई डिस्चार्ज हुनेको संख्या ७ सय ३ पुगेकोमा मृतकको संख्या ७ पुगेको छ ।
बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागी वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म माफि दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्