“कोरोना भाइसरले कुनै समुदायप्रति दुरी नबढोस्” – चाँद बाबू इराकी

“कोरोना भाइसरले कुनै समुदायप्रति दुरी नबढोस्” – चाँद बाबू इराकी

चाँद बाबू इराकी

देशको हितको लागि मुस्लिम सामुदाय जहिले पनि काम गर्नका लागि तयार छ । भारतबाट आएका केही जमातीहरु मस्जिदमा बसेको र कोरोनाको उपचारमा असहयोग गरेको सत्य हो तर त्यसो भन्दै मा सम्पुर्ण मुस्लिम सामुदायलाई नै असर गर्ने गरि सामाजिक सन्जालमा हुने पोस्टहरुले हाम्रो राष्ट्रिय अखण्डता र सयौ बर्ष देखि मिलेर बसेका जनताका बिच दुरि पैदा गर्ने दुस्प्रयास हुँदै छ ।

चाहे मन्दिर होस या मस्जिद चर्च होस या गुम्बा सबै तिर हामीले अनुगमनको दायरा बढाउनु पर्छ । यदि कोहि कसैलाई कोरोना संक्रमणको आशका छ भने हामी सबै मिलि त्यस्ता ब्यक्तीहरुलाई अस्पताल सम्म पुर्याउने ब्यबस्था गर्नु पर्छ । चाहे जुन सुकै बर्ग धर्म र सम्प्रदाय कै किन नहोस ।

हामीले हाम्रो हेर्ने नजरमा परिवर्तन ल्याउन जरुरी छ । जसरी अहिले केही जमातीका कारण सारा मुस्लिम समुदाय माथी भाइरस फैलाउन सक्ने जस्तो किसिमले हेरिदै छ यो गलत छ । रोगको कुनै धर्म हुदैन जात हुदैन ।

सबै धर्मका धर्म गुरुहरुले पनि यस तर्फ सोच्न जरुरी छ ।

हामीले अहिले गर्ने भनेको मुख्य कुरा सरकार को निर्देशन अनुसार नै हो । हामीले धर्मका नाममा जम्मा हुने मन्दिर मस्जिद चर्च गुम्बा मा पनि भिड भाड बन्द गराउन सक्नु पर्यो र यसमा संबंधित समुदायका आगुवाहरुले विशेष भुमिका खेल्न जरुरी छ ।

अहिलेको समय कठिन समय हो । हामी सबैले बुझेका छौ । कोरोना भाइरस नेपालमा मात्र नभै संसारका सबै देशमा फैलिएको हुदा हामी सबैले सम्यमता अप्नाउन जरुरी छ ।

यो संबेदनसिल समयमा हामी आफ्नो घर मा बसि सामाजिक दुरि कायम गरी स्वास्थ्य जीवन यापन गर्ने हो भने कोरोना भाइरस लाग्नबाट बच्न सकिन्छ ।

धर्मका नाममा कुनै पनि समुदायलाई आक्षेप लगाउने र मानमर्दन गर्ने काम मानवता विरुद्ध हुन जान्छ हामी सबै ले यस तर्फ सोच्न जरुरी छ ।

(लेखक इराकी सामाजिक अभियानता हुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्