कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु

एजेन्सी, बैशाख ७ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् ।

दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७५ हजार बढी संक्रमित छन् ।

उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमणको चपेटमा परेका छन् ।

फ्रान्समा १८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १५ हजार ४ सय नाघेको छ ।
फ्रान्समा १ लाख ५१ हजार व्यक्ति संक्रमित छन् भने बेलायतमा सक्रमित हुनेमा १ लाख १४ हजारभन्दा बढी रहेका छन् ।

विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको मृत्यु र २३ लाख ३० हजार व्यक्ति संक्रमित हुँदा ५ लाख ९६ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्