अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन, राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन

अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन, राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन

एजेन्सी, बैशाख ७ । अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै लकडाउनविरुद्ध प्रदर्शनमा ओर्लिएका हुन् ।

टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौंको भीडले राज्यमा लगाइएको लकडाउन अन्त्य गर्न माग गरे । राष्ट्रपति ट्रम्पका समर्थक भनिने उनीहरुले लकडाउनबाट अर्थतन्त्रमा असर परेको भन्दै प्रदर्शन गरेका हुन् ।

यसअघि उनीहरु बन्दुक नै बोकेर देशका विभिन्न भागमा प्रदर्शनमा उत्रिएका थिए ।

डेमोक्रेटहरुको सरकार रहेका राज्यहरुमा यस्ता प्रदर्शन गर्न राष्ट्रपति ट्रम्पले नै प्रदर्शनकारीलाई हौस्याएको बताइएको छ ।

स्वास्थ्य विज्ञहरुले अहिले नै लकडाउन खुकुलो गर्ने वा खोलने हो भने संक्रमण फैलिएर जोखिम झनै बढ्ने चेतावनी दिइरहेका छन् ।
राष्ट्रपति ट्रम्प स्वयंले लकडाउन खोल्न राज्यका गभर्नरहरुलाई बारम्बार दबाब दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्