स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन सिंगापुर मोडल – डा. माधव विष्ट

स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन सिंगापुर मोडल –  डा. माधव विष्ट

स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन सिंगापुर मोडल - डा. माधव विष्ट (इन्टरभेन्सनल कार्डियोलोजिष्ट)

संसारभरी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित स्वास्थ्यकर्मीहरु धेरै छन । तर सिंगापुर मात्र एक राष्ट्र हो जहाँ धरै कम भेटिएको छ ।

संसारभरी बढी संक्रमित हुनुको कारणहरु :

१.असहयोगी बिरामी( अनकोअपरेटिभ) हरु हुन् । उनीहरु स्वास्थ्यकर्मीको सल्लाह र सुझावलाई अटेरी गर्ने, आफ्नो रोगको इतिहास लुकाउने गर्छन् । जस्तो मलेसियामा गर्भवती महिलाले आफूलाई कोभिड-१९ भएको कुरा लुकाएको, फिलिपिन्समा बिरामीले आफ्नो यात्रा बारेमा स्वास्थ्यकर्मीलाई जानकारी नगराउँदा नौ जना डाक्टरहरुले ज्यान गुमाउनु पर्यो ।

२. लामो कार्य अवधि : लगातार लामो समयसम्म कोरोनाको बिमारीसँग सम्पर्क गर्दा स्वास्थ्यकर्मीमा संक्रमणको खतरा बढेको देखिन्छ । स्पेनमा बिरामीको अनुपातमा स्वास्थ्यकर्मीको कमीले गर्दा बिना आराम बढी समय काम गर्नु पर्ने बाध्यता आइपर्याे । जसले गर्दा १० हजार भन्दा बढीमा स्वास्थ्यकर्मी संक्रमित भए ।

३. पिपिई (पर्सनल प्रोटेक्टिभ इक्यूमेन्ट): संसारभरी नै पिपिईको अभाव देखिकाले स्वास्थ्यकर्मीहरुले आफूलाई बचाउन सकेनन् । जसले गर्दा बढी संक्रमित भए । इटलीमा मास्क, ग्लोबको कमीले गर्दा हजारौँ संक्रमित भए । तर सिंगापुरमा संक्रमितको संख्या हिजो आज बढे पनि स्वास्थ्यकर्मीहरुमा स‌ंक्रमण भने न्यून रहेको छ । जसमध्ये ५ सय ८६ निको भइसेकेको र ९ जनाले ज्यान गुमाउनु परेको थियो ।

सिँगापुरमा अहिलेसम्म ४१ जना स्वास्थ्यकर्मीहरु कोभिड-१९ विमारीको सम्पर्कमा आएका र यी मध्ये ४ जनामा मात्र संक्रमण पाइएको छ । यसका प्रमुख कारणहरुमा महामारीको पूर्व तयारी, जसअन्तर्गत सिमुलाटिङ ट्रेनिङ, मास्क फिटिङ ट्रेनिङ, इन्फेक्सन कन्ट्र्रेल ट्रेनिङहरुको बेला-बेलामा आयोजना गर्नु, अत्यन्त सान्दर्भिक योजना, सभ्य राजनीति, प्रसस्त स्वास्थ्यकर्मीहरु परिचालन, सीमित कामको अवधि, सभ्य विमारीहरु र प्रसस्त पिपिई रहेका छन् ।

लेखक : डा. माधव विष्ट
(इन्टरभेन्सनल कार्डियोलोजिष्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्