बेलायतमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने कूल संख्या १६ हजार ६०

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने कूल संख्या १६ हजार ६०

लन्डन । बेलायतमा कोरोना भाइरस कोभीड–१९ को संक्रमणबाट थप ५ सय ९६ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफहेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यसरी मृत्यु हुनेहरुमा इङ्ग्ल्याण्डमा ४ सय ८२ जना, वेल्समा ४१ जना, स्कटल्यान्डमा १० जना र नर्दर्न आएरल्याण्डमा एक जनाको निधन भएको हो । पछिल्लो ताथ्यांकअनुसार बेलायतको अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट निधन हुने कूल संख्या १६ हजार ६० पुगेको छ ।

‘नेशनल केयर फोरम’द्वारा जारी तथ्याँकअनुसार केयर होम र प्राइभेट रेसिडेन्टहरुमा ४ हजार भन्दा बढीको मृत्यु बताएको छ । जसनुसार बेलायतमा बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजारको हाराहारीमा रहेको बताइएको छ ।अहिलेसम्म बेलायतमा डेढ दर्जन नेपालीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने तेसमध्ये झन्डै एक दर्जन जति पूर्वगोर्खाहरु रहेका छन् ।

गैरआवासीय नेपाली संघको कोभीड–१९ उच्चस्तरिय समिति अन्तर्गतको स्वास्थ्य समितिको तथ्याँकअनुसार यसअघि नै संसारभरिमा २९ जना नेपालीहरुको निधन भएको छ । मृत्यु हुनेमा आधाभन्दा बढी संख्या बेलायतकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्