विराटनगर बैशाख ८ ,
विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमित बढी रहेका छन । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
बिहारमा ९३ जना संक्रमित मध्ये ४२ जना निको भएका छन् भने अहिले ४९ जना आइसोलेसनमा रहेका छन् । बिहारमा लकडाउन कडा गरिएको छ ।
भारतमा सबैभन्दा बढी महाराष्ट राज्यमा ४ हजार २ सय जना कोरोना संक्रमित देखिएका छन् ।