भारतमा कोरोनाबाट ५५९ जनाको मृत्यु, प्रधानमन्त्री मोदीको अपिल “सबै एक भएर लडौ”

भारतमा कोरोनाबाट ५५९ जनाको मृत्यु, प्रधानमन्त्री मोदीको अपिल “सबै एक भएर लडौ”

एजेन्सी, बैशाख ८ । भारतमा कोरोना भाइरसबाट ५५९ जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या करिब १७ हजार ६ सय पुगेको छ ।

विश्वभरमा १ लाख ६४ हजारभन्दा बढी व्यक्तिको मृत्यु हँदा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले नोभेल कोरोना भाइरसले कुनै जात, धर्म, रंग, भाषा अथवा सीमा नचिन्ने भन्दै यसविरुद्ध एक भएर लड्न सबैलाई अपील गरेका छन् ।

कोरोना भाइरसले सबैलाई समान रुपमा असर पार्ने भन्दै प्रधानमन्त्री मोदीले व्यावसायिक जीवनको रुपरेखा नै परिवर्तन गरेको बताए ।

मानिसहरुको घरमै कार्यालय स्थापना गरिएको र घरमै इन्टरनेट र नयाँ बैठक कक्ष बनेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्