कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ । कोरोना भाइरसबाट आज विहानसम्म विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४२३ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५१४, इटलीमा २४ हजार ११४, स्पेनमा २० हजार ८५२ तथा फ्रान्समा २० हजार २ ६५ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

अहिले विश्वभर कोरोनाका १६ लाख ६३ हजार ९२८ जना विरामी उपचाररत छन् । यससमध्ये ५६ हजार ७६५ जना अर्थात ३ प्रतिशत गम्भीर छन् । कोरोनाका गम्भीर विरामीको संख्या विस्तारै घट्दै छ । यसअघि कुल संक्रमितको ५ प्रतिशत र ४ प्रतिशतसम्म गम्भीर बिरामी हुने गरेकोमा अहिले ३ प्रतिशतमा घटेको छ ।

चीनको वुहानबाट कोरानाको संक्रमण देखिए यता अहिलेसम्म विश्वभर यो संक्रमण २४ लाख ८१ हजार २६ मा देखिसकेको छ ।

नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा ४ जना निको भएर घर फर्किसकेका छन् । २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्