अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो,स्वास्थ्य विज्ञ चेतावनी “संक्रमण फैलन सक्छ”

अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो,स्वास्थ्य विज्ञ चेतावनी “संक्रमण फैलन सक्छ”

एजेन्सी, बैशाख ९ । अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न थालेका छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसलहरु सोमबारदेखि खुल्न थालेका हुन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको विज्ञले बताइरहेकै बेला केही राज्यले लकडाउन खुकुलो पारेर बजार खोल्न थालेका हुन् ।

साउदी क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले सोमबार लकडाउन केही खुकुलो पार्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै बजारहरु खुलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

जर्जियाले पनि लकडाउन खुकुलो पार्दैछ । आउँदो शुक्रबारदेखि जर्जिया राज्यका बासिन्दाले जिममा जान पाउने छन् । कपाल तथा नङ्गका सैलुन, मसाज तथा ट्याटु सेन्टर पनि खुला हुने छन् । आउँदो सोमबारदेखि भने रेस्टुरेन्ट तथा सिनेमा हल पनि सञ्चालन गरिने छ ।

यसैगरी टेनिसीमा पनि अप्रिल ३० देखि लकडाउन सकिने र अधिकांश क्षेत्र खुला हुने जनाइएको छ । तीन राज्यका रिपब्लिकन गर्भनरले लकडाउन खुकुलो पार्दा संक्रमण फैलिएको अभियोग लागेको छ ।

यसरी केही राज्यले लकडाउन खोल्दै जाँदा अरु राज्यका गभर्नर पनि दबाबमा परेका बताइएको छ । स्वास्थ्य विज्ञहरुले भने अहिले नै लकडाउन खुकुलो बनाउने अवस्था नआएको र यसो गरिएमा संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।

दैनिक डेढ लाख मानिसमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको परीक्षण गर्दा लगभग २० प्रतिशतको रिपोर्ट पोजेटिभ आउने गरेको उनीहरुले जनाएका छन् । लकडाउन खुलाउन दैनिक पाँच लाख ८० हजारभन्दा बढीको परीक्षण हुनु पर्ने र संक्रमणदर १२ प्रतिशतभन्दा तल आउनु पर्ने विज्ञहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्