भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ४७ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

योसँगै भारतमा कोरानाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ९० पुगेको छ । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले पछिल्लो २४ घण्टामा थप १३ सय ३६ बिरामी थपिएका जनाएको छ । भारतमा मंगलबार बिहानसम्म संक्रमितको संख्या १८ हजार छ सय एक पुगेको छ । जसमध्ये १४ हजार सात सय ५९ जानको विभिन्न अस्पतालहरुमा उपचार जारी छ भने तीन हजार दुई सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्