कोरोना भाइरसका कारण विश्‍वव्यापी भोकमरी दोब्बर हुनसक्‍ने – संयुक्त राष्ट्र संघ

कोरोना भाइरसका कारण विश्‍वव्यापी भोकमरी दोब्बर हुनसक्‍ने – संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघले नोभेल कोरोना भाइरसका कारण विश्‍वव्यापी भोकमरी दोब्बर हुनसक्‍ने बताएको छ ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण उत्‍पन्‍न आर्थिक गिरावटका कारण खाद्य असुरक्षा बढ्ने र भोकमरी करिब दोब्बर हुने बताएको हो ।

विश्‍व स्वास्थ्य कार्यक्रमका अनुसार यस वर्ष विश्वभरका २६ करोड ५० लाख मानिसहरुलाई खाद्य असुरक्षाको सामना गर्नुपर्ने छ ।

कोरोना महामारीका कारण पर्यटन उद्योगमा  पुगेको क्षति, रेमिट्‍यान्समा आएको गिरावट, यात्रालगायतका अन्य प्रतिबन्धका कारण यस वर्ष थप एक करोड ३० लाख मानिसले गम्भीर भोकमरीको सामना गर्नुपर्ने छ । विश्वभर हाल एक करोड ३० मानिसहरुले भोकमरीको सामना गर्नुपरेकोसमेत जनाइएको छ ।

"भोकमरीका कारण आत्महत्या गर्ने लाखौं मानिसहरुका लागि अहिलेको कोभिड-१९ थप विनाशकारी हुनेछ," विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान निर्देशक आरिफ हुसेनले भने ।

कोरोना महामारीका कारण विश्वभरका विभिन्‍न मुलुकहरु लकडाउन गरिएका छन् । - रोयटर्स 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्