विश्व कोरोना अपडेट: निकाे हुने ६ लाख ९० हजार, मृत्यु हुने १ लाख ७७ हजार

विश्व कोरोना अपडेट: निकाे हुने ६ लाख ९० हजार, मृत्यु हुने १ लाख ७७ हजार

विश्वभर अहिले कोरोना भाइरस {कोभिड-१९} महामारीले सन्त्रास मच्चाइरहेको छ । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको यो महामारी अहिले विश्वका सबैजसो देशमा फैलिसकेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०९ पुगेको छ । संक्रमण हुनेको संख्या भने २५ लखा ५६ हजार ५१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने ७५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म संक्रमितकाे संख्या २४ लाख ८१ हजार थियाे ।

सङ्क्रमितमध्ये ६ लाख ९० हजार २६५ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १६ लाख ८८ हजार ६४२ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५७ हजार २५० जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ८०५ पुगेकाे छ । मंगलबार मात्रै अमेरिकामा २७ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । अहिलेसम्म त्यहाँ ४५ हजार ३ सय बढीको मृत्यु भइसकेको छ । त्यहाँ मंगलबार मात्रै २ हजार ८ सयभन्दा बढीको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएको छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म ४ लाख ४ हजार बढी संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ ४ हजार नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा अहिलेसम्म २१ हजार २८२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र मात्रै त्यहाँ कोरोनाका कारण ४३० सय जनाको मृत्यु भएको छ ।

इटालीको अवस्था पनि स्पेनको जस्तै भयावह छ । बिहीबार बिहानसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ५३४ जनाको मृत्यु भएको छ ।

इटालीमा अहिलेसम्म १ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ २ हजार ७ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्सलाई पनि कोरोनाले भयावह बनाएको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण २० हजार ७९६ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ५८ हजार पुगेको छ । मंगलबार मात्रै साढे २ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

कोरोना बढी संक्रमण हुने अर्को देश हो, जर्मनी । तर जर्मनीमा अरू देशको तुलनामा मृत्यु हुनेको संख्या कम र निको हुनेको संख्या बढी रहेको छ ।

अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४८ हजार नाघेको छ । तीमध्ये ५ हजार बढीकाे मृत्यु भएको छ । मंगलबार मात्रै त्यहाँ २२४ जनाको मृत्यु भएको छ ।

तर कोरोना भाइरसको संक्रमण हुँदैमा ज्यान नै गइहाल्छ भनेर डराउनुपर्ने विघ्न कारण भने छैन । काेराेना लागेकाहरूमध्ये मर्नेकाे संख्याभन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी रहेकाे छ । संक्रमितमध्ये ६.९४ प्रतिशतकाे मात्रै मृत्यृ भएकाे छ भने २६.९९ प्रतिशत पूर्णरूपमा निकाे भएका छन् ।

दीर्घरोगी, वृद्धवृद्धा, सुगर, मृर्गौला, दमजस्ता गम्भीर रोगका बिरामीको मर्ने सम्भावना बढी रहेको भए पनि युवाहरू, स्वस्थ मानिस र इम्युन सिस्टम बलियो भएकाहरू कोरोना संक्रमण भएर पनि चाँडै निको हुने विज्ञहरूले बताउँदै आएका छन् ।

हालसम्म कोरोना संक्रमितमध्ये विश्वभर ६ लाख ९० हजारभन्दा बढी निको भइसकेका छन् । यसरी निको हुनेमा कोरोनाको उद्गमस्थल चीनमा ७७ हजार १२३ जना रहेका छन् । अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ८२ हजार ७५८ हजार पुगेकाे छ । अब बाँकी १ हजार जना संक्रमण यथावत छ ।

चीनमा अहिलेसम्म ३ हजार ३४२ जनाको ज्यान गइसकेको छ । यसरी हेर्दा चीनमा कोरोना संक्रमणबाट ४ हजार ६३२ जनाकाे ज्यान जाँदा ७७ हजार भने निको हुनु सुखद पक्ष हो ।

जर्मनीमा पनि काेराेना संक्रमित निकाे हुनेकाे संख्या सुखद नै छ । जमर्नीमा कोरोना संक्रमितको मृत्युदर असाध्यै कम रहेको छ । अहिलेसम्म जर्मनीमा ९५ हजार २ सय पूर्णरूपमा निकाे भइसकेका छन् । त्यहाँ अहिले ४८ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।

उता स्पेनमा पनि पूर्णरूपमा निकाे हुनेकाे संख्या धेरै नै रहेकाे छ । अहिलेसम्म स्पेनमा साढे ८२ हजार पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ एक लाखमा काेराेना सक्रिय रहेकाे छ ।

सबैभन्दा बढी काेराेना संक्रमण हुने अमेरिकामा भने ७.५६ प्रतिशत मात्रै पूर्णरूपमा निकाे भएकाे पाइन्छ । अहिलेसम्म त्यहाँ ९२ हजार ९ सय पूर्णरूपमा निकाे भएका छन् र त्यहाँ ८ लाख १९ हजार काेराेना संक्रमित रहेका छन् ।

इटाली र फ्रान्समा पनि निकाे हुनेकाे संख्या आस लाग्दाे नै छ । अहिलेसम्म इटालीमा ५१ हजार ६ सय र फ्रान्समा ३९ हजार पूर्णरूपमा निकाे भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्