अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि ह्वात्तै बढ्दै, एकैदिन २८ सयको मृत्यु

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि ह्वात्तै बढ्दै, एकैदिन २८ सयको मृत्यु

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस अर्थात् कोभिड- १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या फेरि ह्वात्तै बढेको छ ।

मंगलबार अमेरिकामा कोरोनाबाट हालसम्मकै बढी २ हजार ८०२ को मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ३१६ पुगेको छ । यसअघि अप्रिल १५ मा काेराेनाबाट २ हजार ६१८ काे ज्यान गएकाे थियाे, त्यसयता मंगलबार भएकाे दैनिक मृत्यु हालसम्मकै उच्च हाे ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ८०५ पुगेको छ । जसमा मंगलबार एकैदिन २७ हजार ४६ संक्रमित थपिएका छन् । साथै, ८२ हजार ९२३ जना भने पूर्ण रूपमा निकाे समेत भइसकेका छन् ।

अमेरिकामा आइतबार दैनिक मृत्यु संख्या निकै घटेकाे थियाे । आइतबार त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५६१ जनाले ज्यान गुमाएका थिए । तर सोमबार फेरि एकै दिन त्यहाँ कोरोना भाइरसका कारण १ हजार ९३९ को मृत्यु भएको थियाे ।

त्यहाँकाे सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १९ हजार ६९३ पुगेकाे छ । मंगलबार मात्र त्यहाँ ७६४ काे मृत्यु भएकाे छ भने ४ हजार ४६१ नयाँ संक्रमित फेला परेका छन् ।

साेमबार त्यहाँ ६३१ जनाकाे मृत्यु भएकाे थियाे भने ४ हजार ८७९ नयाँ संक्रमित फेला परेका थिए । आइतबार त्यहाँ एकै दिनमा ६२७ जनाकाे मृत्यु भएकाे थियाे । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ५६ हजार नाघेकाे छ ।

अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या ९२ हजार ३८७ पुगेकाे छ । त्यहाँ ४ हजार ७५३ जनाले ज्यान गुमाएका छन्, जसमा ३७६ जनाकाे मृत्यु मंगलबार मात्र भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्