भारतको दिल्ली सरकारले मजदुर र विद्यार्थीबाट भाडा नलिन घरमालिकहरुलाई कडा निर्देशन

भारतको दिल्ली सरकारले मजदुर र विद्यार्थीबाट भाडा नलिन घरमालिकहरुलाई कडा निर्देशन

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली सरकारले मजदुर र विद्यार्थीबाट भाडा नलिन घरमालिकहरुलाई कडा निर्देशन जारी गरेको छ ।

"जिल्ला अधिकारीहरुले कामदार, आप्रवासी मजदुर र विद्यार्थीको बाक्लो बसोबास भएका क्षेत्रमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । त्यसैगरी कसैले घरभाडा माग गरेर समस्या गराएमा प्रहरीको नि:शुल्क नम्बर १०० मा फोन गरेर उजुरी गर्न सकिनछ," उक्त निर्देशनमा भनिएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएका कारण मजदुरहरुले काम नपाएको र विद्यार्थीहरु समस्यामा परेको भन्दै दिल्ली सरकारले यस्तो निर्देशन जारी गरेको हो ।

भारतमा तेस्रो बढी संक्रमित राज्य दिल्लीमा कोरोना संक्रमितको संख्या दुई हजार २४८ पुगेको छ । बुधबारमात्रै दिल्लीमा ८९ कोरोना संक्रमित थपिएका थिए ।

भारतमा पछिल्लो एक दिनमा एक हजार ४०९ कोरोना संक्रमित थपिएका छन् भने ४१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २१ हजार ३९३ पुगेको छ ।

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र छ भने त्यसपछि राजधानी दिल्ली र गुजरात रहेका छन् । - एएनआई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्