कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीले आम माफी पाए

कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीले आम माफी पाए

मुकुन्द गैरे

काठमाडौं, बैशाख ११ गते । कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीले आम माफी पाएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारीको अवस्थालाई मध्यनजर गर्दै आममाफी दिएको घोषणा सार्वजनिक गरेको कतार स्थित नेपाली राजदूतावासले जनाको हो ।
कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिइएको हो । सो आम माफी अन्तर्गत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली पनि रिहाई भएका हुन् ।
रिहाई हुनेमा १३ जना लागू औषध कारोवार जन्य, दुइ जना चोरी, एक जना मादक पदार्थ कारोबार र अर्का एक जना ठगीको कसुरमा सजाय भोगिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्