भारतका राष्ट्रपति कोविन्दकी पत्नी सविता सर्वसाधारणलाई माक्स सिलाउदै, तस्बिर भाइरल

भारतका राष्ट्रपति कोविन्दकी पत्नी सविता सर्वसाधारणलाई माक्स सिलाउदै, तस्बिर भाइरल

एजेन्सी । भारतका  राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविताको तस्बिर यसबेला सामाजिक सञ्जाल लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुलमा भाइरल भएको छ ।

भारतमा कोरोना महामारीले तिव्रता लिइरहेका बेला राष्ट्रपति पत्नी सर्वसाधारणहरुका लागि कपडाको मास्क सिलाइरहेकी छिन् । उनले मास्क सिलाइरहेको तस्बिर अहिले भाइरल भैरहेको छ । सविता शक्ति हाटस्थित राष्ट्रपति भवनमा आफ्नो हाते मेसिनबाट मास्क सिलाइरहेकी छिन् । तस्बिरमा सविताले रातो रङको माक्स समेत लगाएकी छिन् ।

उनले सिलाएका माक्सहरु दिल्लीका विभिन्न आश्रय गृहहरुमा पठाइने भारतीय सञ्चारमाध्याहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । उनको तस्बिर बिजेपी कर्नाटकले ट्विटरमार्फत शेयर गरेको छ । तस्बिरमा क्याप्सन लेखिएको छः ‘हाम्रो देशकी प्रथम महिला सविता कोविन्द मास्क सिलाइरहेकी छिन् । ती मास्क दिल्लीका विभिन्न आश्रय गृहहरुमा वितरण गरिनेछ । उदाहरणीय कामका लागि आमालाई धन्यवाद ।’ यो तस्बिर सार्वजनिक भएपछि ट्वीटरमा धेरै मानिसहरुले सविताको यस कदमको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्