विराटनगरमा कोरोना संक्रमितको दैनिकी :विहानै खाजा दिनभर ब्रत,चिकित्सकबीच सुमधुर सम्बन्ध

विराटनगरमा कोरोना संक्रमितको दैनिकी :विहानै खाजा दिनभर ब्रत,चिकित्सकबीच सुमधुर सम्बन्ध

नवराज कट्टेल
विराटनगर, बैशाख १७ गते । कोरोना संक्रमणपछि विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १७ जना इस्लाम धर्मालम्बीहरु अस्पताल भित्रै रमजान रोजा (ब्रत) बस्नु भएको छ ।
कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना विरामीमा १२ दिनसम्म पनि त्यसको लक्षण र असर नदेखिए पछि रमजान रोजा बस्नेहरूले अस्पतालमै आफ्नो धार्मिक परम्परा अंगाल्नु भएको हो ।
इस्लाम धर्मालम्बीहरूले एक महिनासम्म रमजान रोजा (ब्रत) बस्ने पवित्र यो समयमा कोरोनाले संक्रमित बन ेपनि अस्पताल भित्रै आफ्नो परम्परा अंगालिएको हो । कोभिड–१९ उपचार केन्द्रमा रहनु भएका ३१ मध्ये दुई जना बाहेक सबै इस्लाम धर्मालम्बी मान्ने मुस्लिम समुदायका रहनु भएको छ ।

सुरुका दुईदिन सबैले रोजा अंगाल्नुभयो, कोशी अस्पताल मेडिकल सुपरिटटेन्डेन्ट डा.संगिता मिश्राले भन्नुभयो–अहिले दैनिक १७ जना रोजामा हुनुहुन्छ ।
मिर्मिरेमा खाजा र नास्ता गरेर दिनभर सौम (उपवास) अनुष्ठान गरेपछि साँझमा इफ्तार (सामूहिक प्रार्थना) पछि मात्रै बिरामी भएर अस्पतालमा भर्नापछि ब्रतालुले खाना खाने गर्दै आउनु भएको छ ।
इस्लाम धर्मालम्बीहरुले आत्मा सुद्धिका लागि एक महिनाम्म ब्रत बस्ने र अन्तिम दिन महान् पर्व इद मनाउने गर्दछन् । यहि अवसरमा आफ्नो सम्पतिको २.५ प्रतिशत दिनदुखीलाई दान गर्नुपर्ने मान्यता समेत रहेको मुस्लिम युवा ओसिम आलम बताउनुहुन्छ । दान गर्नुपर्ने मान्यतालाई जकात र फित्रा भनिन्छ, आलमले भन्नुभयो–यस्तो नगरे आर्जन गरेको सम्पति गणना हुन लायकको हुँदैन ।

अस्पतालमै ब्रत बस्नेहरुका लागि बिहानको खाजाको रुपमा दूध, रोटी र फलफूलको प्रवन्ध मिलाईएको छ । ब्रतालुले बिहान रमजान दैनिकीसँग मिलाएर आफैं ग्रहण गर्ने र दिनभर ब्रतसँगै कुरान पढ्ने गर्दै आउनु भएको छ । रमजानमा सबैले नमाज पढ्नुपर्ने धार्मिक परम्परालाई अस्पताल भित्रै सबैले परिपालना समेत गर्दै आउनु भएका मेसु.मिश्राले बताउनुभयो ।
अस्पतालमा भर्ना गरिएका सुरुका १३ जनामध्ये तीनजनामा मधु मेह र एकजनामा उच्च रक्तचाप देखिएको छ । त्यसपछि दोस्रो र तेस्रो चरणमा भर्ना हुनु भएका अन्य व्यक्तिहरुको परीक्षणका लागि रगतको नमूना संकलन गरिएको मेसु मिश्राले जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना भएका विरामीहरुको तीनवटा समुह बनाएर, समुहको मुलकर्ता समेत तोकिएको छ ।

चिकित्सक र बिरामी बीचको सम्पर्क र सम्बन्ध सुमधुर बनाउने उद्देश्यले समुह बनाइएको वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा.दीपक सिग्देलले बताउनुभयो ।
विरामी भएर अस्पतालमा रहनु भएका र चिकित्सकबीच सुमधुर सम्बन्ध राखिएको छ, डा. सिग्देलले भन्नुभयो–उहाँहरुले हामीले भनेका कुरा मान्ने र हामीले उहाँहरुले भनेका कुरा सुन्ने र बुझ्ने गर्दछौं ।
उहाँका अनुसार २४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको आगामी शुक्रबार स्वाब परीक्षणका लागि नमूना संकलन गरिने छ । त्यसपछि अवस्था हेरेर क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकको स्थानमा नयाँ टिम आउने छ । - गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्