गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अजिता प्रधान

परेली नयनका भिजाएर रोएँ
मुटुमा छ पीडा बीझाएर रोएँ

चङ्गा छुटे झैं छुट्यो जिन्दगानी
कतै दूर यो मन बिसाएर रोएँ

उ मेरो थियो कि भन इश्वर तेरो
म अन्योल भित्रै चिच्याएर रोएँ

छुट्दै गएछन् जीवनका चाहना
रहर आँसुमा नै सिध्याएर रोएँ

लाखौं प्रयत्न गरे उठेनौ ए प्यारा
आफैंलाई नजरमा गिराएर रोएँ

नियति र मेरो थियो खेलआखिर
म हारि उसैलाई जिताएर रोएँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्