मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-नवराज पोख्रेल नवशिला
मुक्तक १
देशको दोहन गर्नेले चाहिँ फूल र माला लाउँछ
देशलाई झलमल बनाउनेले शून्य नम्बर पाउँछ
जय जयकार यी भ्रष्टहरूकै कहिलेसम्म गर्ने,
कहिले आँखा खुल्छ हाम्रो कहिले बुद्धि आउँछ?

मुक्तक २
को चाहिँ सही हो को गलत हो यकिन हुनुपर्छ
अँध्यारो लाई झलमल पार्ने लालटिन हुनुपर्छ
देशलाई सकेका हुन् नेता नामका धमिराले,
तिनको कर्तुत पत्ता लगाई छानबिन हुनुपर्छ।

मुक्तक ३

जूननै झार्ने कुरा गर्छन् तारा झार्ने कुरा गर्छन्
यो विश्व ब्रह्माण्ड अनि सारा झार्ने कुरा गर्छन्
बिहे हुन्छ सन्तान हुन्छन् लड्डी पर्न थाल्छ अनि,
हिजो चुप्पा खाने हरू नै दारा झार्ने कुरा गर्छन्।

मुक्तक ४

देशलाई मरभूमि पार्दै धाँजा बन्न खोज्नेहरू
मिली खाने भागबण्डाको खाजा बन्न खोज्नेहरू
यही हो मौका सच्याई हाल सक्किनेछौ नत्र,
राजा फाली आफैँ महाराजा बन्न खोज्नेहरू।

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्