काठमाडौं, बैशाख १७ गते । बुधबार थप तीन जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
केन्द्रिय प्रयोशाला टेकुमा गरीको स्वाब परीक्षणका क्रममा बाराका दुई जना र पर्साका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले बताएको छ ।
पछिल्लो पटक संक्रमण पाइएका तीनै जना नयाँदिल्लीको जमाती धार्मिकसभामा सहभागी भएर नेपाल फर्किएका बताइएको छ ।