अबको मजदुर ब्यबहारिक र प्राबिधिक सिपले भरिएको हुनुपर्छ – बिकास अधिकारी

अबको मजदुर ब्यबहारिक र प्राबिधिक सिपले भरिएको हुनुपर्छ – बिकास अधिकारी

कोरोना संक्रमण र त्रासले सांसर भरी नै आतंक मच्चाइ रहेको छ।हरेक कोण बाट यसको तत्कालीन असर र दीर्घकालीन असरका बारेमा प्रकाशित अनुमान अनुसन्धान विश्लेषणवाट बुझ्न सजिलो भएको छ ।

अबका दिन आर्थिक रुपले पनि
चुनौतीपूर्ण हुने कुरामा कसैलाइ शंका छैन । आर्थिक गतिविधि चुनौतीपूर्ण हुनुको अर्थ रोजगारीमा व्यापक असर पर्नु पनि हो ।
बेरोजगारी र गरिबीले सामजिक जीवनमा निकै ठुलो नकारात्मक असर पर््दछ ।

हामिले अहिलेको परिस्थितिमा देखेको भोगेको अर्को संबेदनसिल पाटो हो नागरिक को अनुशासन । हाल देश लक डाउनमा छ,गरिबी र अशिक्षा एउटा चुनौतीको पाटो छदैछ । हामी शिक्षित सम्पन्न वा घर मै बसेर जीवन चलाउन सक्ने नागरिकहरु पनि अनुशासन तोडेर सडक मा हिड्दा भिडभाड गर्दा र अरुलाई आफ्नो सम्पन्नता को प्रदशन गर्दा अलिकती पनि नहिच्किचाएको दृश्य देखियो ।सुरक्षाकर्मीलाई ब्यबस्थापनमा चुनौती हुने गरि भिडभाड बढेको देखियो ।

यी माथिका दुई वटा फरक पाटाले हाम्रो जस्तो समाजमा गरिबी र बेरोजगारीको समस्या सगै अनुशासन र ब्यबहारिक्ताको समस्या पनि उत्तिकै छ भन्ने देखिन्छ।

हामीले शैक्षिक प्रमाणपत्र प्राप्त गर्यौ तर ब्यबहारिक ,ज्ञानि वा शिक्षित बन्न सकेनौ । यो बिषय ब्यक्तिगत जीवनसंग मात्र गासिएको हुदैन ब्यबहारिक शिक्षासंग समेत गासिएको हुन्छ।हामीले दिएको वा पाएको शिक्षामा जीवन र ब्यवहार पनि बुझाउने खाल को बिषय प्राथमिकतामा नपरेर हुन सक्छ त्यसैले अबको हाम्रो शिक्षा जीवन व्यबहार र समाज बुझाउने किसिमको हुनु पर्दछ ।

आज हामी बेरोजगारी बढ्ने बिदेशिएका नागरिक स्वदेश फर्कने रेमिटेन्स घट्ने र ठुलो आर्थिक चुनौतीबाट गुज्रनु पर्ने परिस्थितिको अनुमान गरि रहेका छौ ।तर आज भन्दा अगाडी सीपमा आधारित शिक्षा वा स्वरोजगार शिक्षा दिने कुरामा हाम्रो नीति लगानी र व्यबहार कत्तिको थियो भन्ने कुरा सोचनिय छ ।

बेरोजगारी अन्त्यको सबै भन्दा ठुलो हतियार प्राबिधिक र सीपमा आधारित शिक्षा नै हो । जुन स्वरोजगारमुखी र व्यावसायिक हुन्छ । अब हामीले कृषिमा चमत्कारिक हिसाबले काम नगरी नहुने भएको छ ।हाम्रा उधोगहरुमा हाम्रै जनशक्ति उपयोग गर्नु छ ।हामीले स-साना ब्यबसायलाइ समेत माथी उठाउनु छ ।स्वास्थ्य क्षेत्रलाई हरेक नागरिकको पहुचमा पुर्याउनु छ । यो सबै पक्षका लागि आ-आफ्नो क्षेत्रका प्राबिधिक तालिम प्राप्त शिक्षित नागरिक चाहिन्छ । जसका लागि सीपमा आधारित शिक्षा एक मात्र विकल्प हो अर्थात अबको मजदुर सीपले भरिएको हुनु पर्दछ ।
मे दिवसको शुभकामना ।

(लेखक स्वास्थ्य बिज्ञान शिक्षालय महासङ्घका केन्द्रीय महासचिवका साथै लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका क्याबिनेट सचिब समेत हुन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्