लेख : हावा किन शान्त छ ? – अभिषेक गौतम

लेख : हावा किन शान्त छ ? – अभिषेक गौतम

हावा किन शान्त छ ?

कोरोना संक्रमणका कारण यतिबेला बिश्व एउटा युद्ध झैँ लडिरहेको छ । नेपाल पनि पछिल्लो छैठौं सातादेखी लकडाउन भएको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया देखी भारत सम्मका देशहरूमा लकडाउन कायमै छ । लकडाउनले एकापटि सामाजिक गतिविधिहरु बन्द भएका छन भने अर्कोतिर जिवजन्तुहरुले खुलेर हिडडुल गर्न पाएका छन ।

आफ्नै गतिमा स्वतन्त्र कहिले भुमि छोएर ,कहिले आकाशका दिपहरु छोएर अघि बढीरहेका समृद्ध राष्ट्रहरु देखी बन्दुकका नाल अनि नाङ्गो खुकुरीले जोगाएका देसहरु कतै भोकमरीले गिद्दको शिकार हुन बाध्य भएका देशहरु सिङ्गो बिश्व तर अतितका भन्दा भिन्न बिनाखुकुरी ,बिना नाल, बिना जाती , बिना समुदाय ,बिना धर्म , बिना हतियार ,बिना अणु-परमाणु एउटै त्रासमा लडिरहेको छ ।
लाखौ अनुयायिहरु स्वतन्त्र उभिएका थिए न कुनै डरभर सिङ्गो प्रकृतीलाइ नै काधमा बोकेर त्यसको दायाँ अनि बायाँ पल्टाएर खै कोनि के को खोजमा, नयाँ नयाँ परिकारहरुमा रुमल्ली रहेका थिए । जसबेला हामि त्यसलाई देखेर घमण्ड र हिंसाको प्रतिक बुझ्थियौ । आज भोलि नेपालीले गौरव गर्छन् । हिंसात्मक अमानवीय ब्यवहारमा रुमल्लिएका अन्य मुलुकहरुलाइ देखेर नेपाली मात्रै हैन सारा बिश्व नेपाल अनि नेपालीको शिरोधार्य गरिरहेको छ । तर जे होस कोरोना भन्ने बिशाल महामारीको आगमन पुर्व नै यो बिश्वले हिंसात्मक अनि अमानवीय मान्छेहरु नदेखिएको न भोगेको पनि हैन ।

यस्तै हिंसात्मक र अमानवीय प्रबृत्तिका कारण बिश्वसमाजले बिभिन्न किसिमका दु:ख पिडा बिभिन्न समयमा भोग्दै आइरहेको छ । घरीघरी त कतिपय देशहरूको घमण्ड र अहमकारलाइ तोडन कै लागी कोरोना जस्तो महामारी को जन्म भएको त हैन ? जस्तो लाग्छ ।
बिभिन्न समृद्ध र शक्तिशाली देशहरुलाइ हेर्दा म यतिबेला ग्रिसका नाटककार युरिपाइडिजका भनाइ सम्झन्छु -"मान्छेले आफ्नो आवेग र मुर्खताले दुख पाएको हो ,दुख अरु कसैबाट थुपारिएको होइन" । यति भनिरहदा मानवीय घमण्ड प्रकृतीका जिबजन्तु प्रतीको मानबिय हिंसात्मक ब्यवहार अनि जिबजन्तुहरु माथिको भद्दा मजाक र खेलबाडले गर्दाको प्रतिफलको परिणाम हो भन्ने कुरामा कसैको दुईमत नहोला ।

फेरि अध्यारो पछी उज्यालो आउछ यो निश्चित नै छ । इतिहासमा कयौं विषम परिस्थितिमा पनि मान्छेले हारेको त छैन तर मानवीय सभ्यताको इतिहासलाइ हार र जित भन्दा पनि एक गम्भीर ठेस लागेको छ ।
मानवीय गतिविधिले प्रकृतीमाथी कति अन्याय गरिरहेको रहेछ । लकडाउनका कारण मानवीय ,भौतिक गतिविधि ठप्प हुदा ओजनतहमा उल्लेख्य सुधार भइरहेको बैज्ञानिकहरु बताउछ्न । कलकारखाना , वातावरण प्रदुषण देखी रसायन र कार्बन उत्सर्जनमा कमिहुनुको कारण वातावरणमा उल्लेखनीय सुधारहरु बढीरहेको देखिन्छ ।

जङ्गलमा बस्ने प्राणीहरुलाई मानवीय डर त्रास छैन । हावाहरु शान्त र शुद्ध छ्न, आकाश सफा छ सर्वत्र सौन्दर्य खुलेको देखिन्छ । बारी मै अजिङ्गर भेटिएको , जंगली जनावरहरु स्वतन्त्र रूपमा डुल्नथाले," जङ्गलमा नयाँ प्रजातीका जिवहरु भेटिएको साथै समुन्द्रको पानि सङ्ग्लिएको, ओजन तहको प्रदुषण कमि हुदै आएको भन्ने खाले सम्मका खबरहरुले प्रकृती माथी मान्छेले गरेको अन्यायको भन्डाफोर गरिदिएको देखिन्छ ।यो वर्तमान समयमा बिश्वलाई सचेत र सजग गराउने महामारी प्रकृतीका लागी भने बरदान झैँ र मानव सभ्यतालाई भने एक फरक चेतना र चुनौती दुबै प्रदान गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्