राहतको आधा केजी चामल लिन नियमित धाउनु पर्ने बाध्यता

राहतको आधा केजी चामल लिन नियमित धाउनु पर्ने बाध्यता

विराटनगर । मोरङको कटहरी गाँउपालीका वडा न १ कार्यालयले स्थानियवासीलाई राहतका लागि प्रत्येक दिन बोलाएर झन्झट दिएको भन्दै स्थानियवासीले गुनासो गरेका छन् ।
कटहरी गाँउपालीका महेशपुर चौधरी टोलका स्थानियलाई एक व्यक्ति बराबर आधा केजी चामल प्रत्येक दिन वितरण गर्दै आएको छ ।
वडा कार्यलयले सुचना टाँसेर स्थानियवासीलाई राहत लिन आग्रह गरेको थियो । जारी गरिएको सुचनामा राहत लिन आँउदा अनिवार्य टोकन र झोला लिएर आउनु भने पछि गाँउले राहत लिन प्रत्येक दिन झोला बोकेर आधा केजी चामल लिन जाँदा झन्झटीलो हुने भन्दै गुनासो गर्दै आएका छन् ।
राहत लिन करिब एक किलोमिटरको बाटो हुदै तातो घाम पुगेका स्थानियबासीले सोमबार राहत बाढ्ने स्थानमा राहत नलिने भन्दै जनगु्नासो पोखेका थिए ।
उनीहरुले यहाँ सम्मकी आधा किलो चामल खाना त परै जाओस धामीलाई जोखाना हेराउन पनि नपुग्ने भन्दै कटहरी एक सुकुम्बासी टोलकी दिलमाया सुब्बाले गुनासो गरिन् ।
मुलुकभर यतिबेला लकडाउनले गर्दा विपन्न परीवारको घरमा चुलोमा आगो बल्न छाडिसकेको छ । सरकारले गरिब तथा विपन्न परिवारलाई स्थानिय तह अन्तर्गत राहत बढीरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार लकडाउनको अवधिमा ७ सय ५३ वटा स्थानीय तहमध्ये ६ सय ५० भन्दा बढी तहले गरिब विपन्नका नाममा राहत वितरण गरिरहेको छ ।
तर यता राहत वितरण गरे पनि अधिकांश स्थानीय तहले राहतमा भएको खर्चको पारदर्शी विवरण राख्न नसकेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मात्रै लकडाउनका कारण प्रभावित भएका विपन्न नागरिकका लागि ८० करोडको राहत वितरण गरिएको बताएका थिए ।

यता कटहरी गाँउपालीका वडा नम्बर एकका वडा अध्यक्ष कपुरलाल माझीले भने लकडाउनको कारण समस्यामा परेका पिडितहरुलाई यस अघि १० किलो चामल बाढेको बताउनुभयो । दोस्रो चरण अन्तर्गत परिवारका एक व्यक्ति बराबर आधा केजी मात्र दिने सर्वदलिय बैठकबाट नै निर्णय भएको बताए ।
स्थाननियबासीको धेरै नै जनगुनासो आएको भन्दै सर्वदलिय बैठकले १० केजी चामल दिने निर्णय गर्यो भने आफु दिन तयार रहेको समेत माझीको भनाई छ ।
कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनगर गर्दै अहिले लकडाउनका कारण घरदेखी ननिस्कन सरकारले आग्रह गरेको छ । तर दिनहुँ यसरी आधा केजी चामल लिन मानिसको भिडमा आँउदा झनै कोरोनाको संक्रमण सर्न सक्ने स्थानिय सुरजलाल राजवंशीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्