आजै ७ नयाँ संक्रमित थपिंदा नेपालमा ८२ पुग्यो संक्रमित संख्या

आजै ७ नयाँ संक्रमित थपिंदा नेपालमा ८२ पुग्यो संक्रमित संख्या

आजै कोभिड-१९ का ७ जना नयाँ संक्रमित थपिएका छन् ।   नेपालगंजको प्रयोगशालामा आजा भएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमित संख्या ८२ पुगेको छ । सबै संक्रमित नेपालगंजको भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार संक्रमित हुनेमा नेपालगंज ८ निवासी २२, ३०, ४० वर्षका पुरुष र ३२, ३४ र ५५ वर्षका महिलाहरु रहेका छन्। साथै एक ९ वर्षिय बालिकामा समेत कोरोना संक्रमण देखिएको छ ।

संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको उल्लेख गरिएको  छ ।

नेपालमा कोभिड-१९ को संक्रमण निको भएर डिस्चार्ज भइ १६ जना घर फर्की सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्