कोरोनाले निमत्याएको संकटमा युवाको भूमिका -रन्जित भगत

कोरोनाले निमत्याएको संकटमा युवाको भूमिका -रन्जित भगत

रन्जित भगत

विश्व अहिले कोरोनाको महामारीबाट गुज्रिरहेको कुरा हामी सम्पूर्णमा अगवत नै छ। र यसको संक्रमण नेपालमा पनि देखा पर्यो र यो बढ्दो क्रममा रहेको छ। संक्रमण फैलन नदिन नेपाल पनि अन्य देशहरु जस्तै लकडाउनमा छ र लकडाउन भएको ४० दिन भन्दा बढी भइसकेको छ। समयमै लकडाउनका कारणले संक्रमण फैल्न त रोक्यो तर यसको उचित तवरबाट योजना नहुँदा कयौं समस्याहरु र अप्ठ्यारो परिस्थितिले हामीलाई पछ्याइ रहेको छ।
लकडाउनले गर्दा सम्पूर्ण उद्योग धन्दा, कल कारखानाहरु बन्द छन जसका कारणले आय श्रोत पनि ठप्प छ। यसले देशको अर्थतन्त्रलाई कति असर पर्छ र कति पछाडि धकेलिने हो सो को आंकलन गर्न भने बाकीनै छ। तर यस समयमा दैनिक ज्याला मजदूरी गर्ने मानिसहरुलाई प्रत्यक्ष असर गरिरहेको छ। तिनै उद्योग धन्दामा निर्भर रहने मजदूरहरुलाई अहिले बिहान बेलूकीको छाक टार्न मुस्किल परिरहेको अवस्था छ। र यस्तै चल्दै जाने हो भने अन्य मानिसहरुलाई समेत धौ धौ पर्ने दिन आउँछ भन्दा फरक नपर्ला। यस घडीले अझै कस्ता परिस्थिति सृजना गर्ने हो त्यो भने हेर्न बाँकि नै छ।
विभिन्न संचार माध्यम बाट सुन्न सकिन्छ कैयौ मुलुकहरुमा यस संक्रमणले अर्थतन्त्रलाई ठुलो प्रभाव परेको छ र शो को असर स्वरूप विश्वमा बेरोजगारीको तथ्यांकमा भारी बृद्धि हुने कुराहरु सुन्नमा आइरहेका छन। नेपालमा पनि त्यस्तै समस्याहरु र अफ्टयराहरु आई पर्ने कुरालाई नकार्न सकिदैन। भोलिका दिनमा जस्तो परिस्थिति आई परे पनि अहिलेको वर्तमान परिस्थिति बाट हामी सबै हाथमा हाथ र साथ मा साथ मिलाएर अगाडि बढ्न जरूरी हुन जान्छ।
देशको विभिन्न स्थानहरुमा थुप्रै मानिसहरुले विहान बेलूकीको खाना खान नपाईरहेको अवस्था छ। संगसँगै काम गरेर घर भन्दा बाहिर बस्ने मानिसहरुलाई घर भाड़ा तथा दैनिक जीवन यापन गर्ने समस्याहरुले सताईरहेको अवस्था छ। यि समस्याहरुबाट कसरी जुद्धन सकिन्छ भन्ने कुरामा सरकारको ध्यान जान महत्वपूर्ण छ। संगसँगै यस्ता आई पर्ने समस्याहरु न्यूनिकरणमा युवाहरुको समेत अहम भूमिका रहन जान्छ। देशकै मेरुदण्ड एवम् आशका केन्द्र मानिएको युवाहरुको भूमिका महत्वपूर्ण मात्र हैन यस संकट न्यूनिकरणमा समेत टेवा पूर्याउने किसिमको रहन जान्छ।
यस परिस्थितिमा देशको विभिन्न भागमा रहेका युवाहरुले आफ्नो स्थान बाट सहयोग गरिरहेको भनेर विभिन्न समाचार तथा सामीजीक संजालहरुमा देख्न र सुन्न सकिन्छ। यस समयमा हामी सबै युवाहरु आफ्नो स्थान बाट सक्दो सहयोग गर्न पछि हटनु हुदैन। युवाहरु आवद्ध विभिन्न संघ संस्थाहरुबाट सहयोगको कार्यहरु भैरहेको र हुन जरूरी छ। विभिन्न समस्यामा परेका मानिसहरुको सहयोग र उद्धारको आवश्यक परेको समय यतिबेला छ। नेपाल सरकारले समेत युवाहरुको साथ र सहयोगलाई मूल्यांकन गर्दै उनीहरु संगको सहकार्यमा अगाडि बढ्न जरूरी छ। प्रहरीको साथी म कार्यक्रम एउटा गतिलो उदहारण पनि हो। यस्तो संकटको घडीमा हामी युवाहरु आफ्नो ठाउ बाट आफै जागरुक भई यथासक्दो सहयोग गर्नुपर्ने हुन्छ।
अहिलेको समयमा युवाहरु विभिन्न स्थानमा दुःखी, असहाय तथा समस्यांमा परेकाहरुलाई खाना खुवाउने, राहत वितरण गर्ने, विभिन्न स्थानमा फसेकाहरुलाई आफ्नो गन्तव्यमा पुर्याउने जस्ता कामहरुमा खटीएका छन भने, कतिपय युवाहरु स्थानीय निकाय संगको सहकार्यमा राहत वितरण, तथ्यांक संकलन, अनुगम तथा प्रहरी संगको साथमा लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनमा खटीएका छन। स्थानीय तथा नेपाल सरकारसंगको साथ र सहयोगमा अघि बढ्नु युवाहरुको दायित्व समेत रहन जान्छ।
तसर्थ आफ्नो ठाउँबाट सकेको सहयोग गर्दै समाज प्रतिको युवाहरुको दायित्व पूरा गर्ने समय आएकोले सम्पूर्ण युवाहरुलाई साथ र सहयोगको आव्हान पनि गर्न चाहन्छु। आफु सुरक्षित हुदै समाजलाई पनि सुरक्षित राखौ ।

लेखक लियो जिल्ला परिषद ३२५ ए वान का अध्यक्ष हुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्