सशस्त्र प्रहरीले चलाएको मोटरसाईकलको ठक्करबाट एक महिलाको मुत्यु

<span class='c1'>सशस्त्र प्रहरीले चलाएको मोटरसाईकलको</span> <span class='c2'>ठक्करबाट एक महिलाको मुत्यु</span>

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । दिउसो ३ बजे शशस्त्र प्रहरी जवान खगेन्द्र कार्कीले कुदाएको को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी—८ कि अनिता राजवंशीको मृत्यु भएको हो । मोटरसाईलले ठक्कर दिएपछि राजवंशी घाईते भएको र उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।

सोहि मोटरसाईकलमा सवार अनिता भण्डारी पनि घाईते हुनुभएको छ । सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्