प्रदेश १ का ३ जना सहित ७ जनामा नयाँ संक्रमण, १०९ पुग्यो संक्रमित संख्या

प्रदेश १ का ३ जना सहित ७ जनामा नयाँ संक्रमण, १०९ पुग्यो संक्रमित संख्या

आजै कोभिड-१९ का ७ जना नयाँ संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमित संख्या १०९ पुगेको छ । संक्रमित हुनेमा प्रदेश १ को उदयपुर भुल्केको १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७ वर्षका एक र १८ वर्षका दुई पुरुष तथा पर्सा छप्कैयाको ६२ वर्षका पुरुष भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्