कि जाउं त लड्न कालापानी ? – भुवन कुमार वाग्ले

कि जाउं त लड्न कालापानी ? – भुवन कुमार वाग्ले

कि जाउं त लड्न कालापानी ?

१.भारत हेपाहा छ भन्ने पाकिस्तान, बंगलादेश, श्रीलंका भुटान सप्पै लाई कण्ठै छ । हामी सुगौली सन्धि, खुला सिमाना र १९५० को सन्धि, नेपालका हरेक ऐतिहासिक मोडमा उसको निर्णायक भुमिका,
मधेसका सीमामा वांध, एस एस वीको ज्यादती, आन्तरिक मामिलामा हस्तक्षेप, माईक्रो म्यानेजमेन्ट का घाउहरूमा उसको स्वतन्त्रता दिवसका दिन खैरातमा केही एम्वुलेन्स, भारतीय गोर्खा सैनिक भएका ठांउमा केही विद्यालय भवन,केही करोड अनुदानको मलहम लगाएर वसिरहेका छौ । हामी भारतीय टीभी, चलचित्र र संस्कृतिमा पुर्ण घुलमिल छौ । हाम्रो रोटीवेटी संम्वन्ध भएको तराईका भुभागमा वस्नेहरुलाई त भारत अर्कै देश हो जस्तो पनि लाग्न छोडिसकेको छ । भारतीय विस्तारवादी हर्कतको विरोधलाई तराईवासीहरुले पहाडे राष्ट्रवाद वा महेन्द्रिय राष्ट्रवादको पगरी गुथाईदिन्छन ।

२. छिमेकी चीनको यसमा पर्यटकीय र आर्थिक स्वार्थ भएकोले उ कालापानी मुद्दा मा चुईक्क वोल्दैन । चीन नेपालमा सक्रिय हुनुको कारण नेपालमा भारतीय यूरोपेली र अमेरिकी योजनामा एक चीनविरोधी तिव्वती गतिविधि नियन्त्रण मात्र हो ।

३. भारतले तीनतिरबाट हाम्रो देशलाई घेरेको छ । कैयौ पटक नाकाबन्दी, लगायतका अवरोध हूंदा अन्तर्राष्ट्रिय समुदाय द्विपक्षीय विषय भन्दै पन्छन्छ । फिस्टे नेपालको पक्षमा वोलेर १४० करोड जनताको विशाल वजार कोही गुमाउन चाहँदैन । अमेरिकाले नेपाललाई भारतीय चश्माले हेर्छ किनकि दक्षिण एसियामा चीनलाई रोक्न उनीहरुको संयुक्त सामरिक योजना छ । एमसीसी र ईन्डो प्यासिफिक स्ट्राटेजीको भारत अभिन्न अंग हो ।

३. युरोपेली देशहरुलाई नेपालमा आईएनजीओ मार्फत क्रिस्चियन धर्म प्रचार र गरीवी निवारणको नाममा समाजको भ्रष्टिकरण, विभाजन र गरीवी संरक्षण गरेर फुर्सद छैन ।
४. अमेरीकी भारतीय र युरोपेलीहरुलाई नेपालमा जति अस्थिरता भयो उति फाईदा छ । त्यसैले उनीहरु यहाँ अस्थिरता उत्पन्न गर्न हरेक तरीकाले सक्रिय छन । हालको वहुमतको सरकार उनीहरुको स्वार्थ विपरीत भएकोले उनीहरु सत्तारुढ पार्टी, सरकार, प्रतिपक्ष, आईएनजीओ, मिडिया, सोसियल मिडिया प्रयोग गरेर, वर्तमान सरकारका अयोग्यता र व्यापक कमजोरीका प्वालहरूमा विष्फोटक भरेर सरकार गिराई अस्थिरता सिर्जना गर्न चाहन्छन ।
सबैलाई थाहै छ, नेपालमा केही गोप्य छैन । उनीहरुका एजेन्ट जताततै छन ।
५ यता चीनलाई नेपालमा स्थिरता चाहिएको छ । यो हाम्रो प्रगति पनि चाहन्छ तर हाम्रालागि हैन, उसैका लागि । नेपाल स्थिर र विकसित भए यसका राज्य संयन्त्र वलिया हुन्छन् । भारतीय युरोपियन र अमेरिकी स्वार्थहरुले उ विरूद्ध खुला खेल्न पाउंदैनन् र नेपालको एक चीन नीति कार्यान्वयन हुन सक्छ । यसकारण धेरै नेपालीहरुलाई चीन चै हाम्रो आफ्नै हो भन्ने स्वादिलो भ्रम परेको छ ।
तर हालको कुटनैतिक यथार्थ के हो भने चिनीयाँ स्वार्थ हामी अनुकुल देखिन्छ ।
६. यी दुई विपरीत स्वार्थका वीचमा नेपाली राष्ट्रवाद निरीह छ । यी दूवै शक्ति यति शक्तिशाली छन कि नेपाली राष्ट्रवाद कुनै एक लट्ठी नटेकी उभिनै सक्दैन । उनीहरुको प्रोक्सी वारमा हामी सबै वांडिएका छौ । जसले यी प्रोक्सी इन्ट्रेस्ट वाहेक नेपाली राष्ट्रवाद पक्रेको कोहीपनि नेपाली मुल धारमा टिक्दैन । न राजनितीमा न पत्रकारिता न व्यापार न समाजसेवा । उ जोगी भएर घरमै जीवीकोपार्जन गरी मुखमा पट्टी वाधेर वसेको छ । नेपालमा यो वर्गको संख्या पनि निकै छ । उ पढ्छ, हेर्छ, विवेचना गर्छ, पिरोलिन्छ, वस्छ । उसले वोल्नु वेकार छ किनभने दूवैथरी प्रोक्सीहरुको प्रहार उ धान्न सक्दैन । यस्ता धेरै मान्छे सेना, राजनितिक पार्टी, समाजमा छन । घुटन वोकेर वांचेका छन । उनीहरु संगठित छैनन् ।

७. भनेपछि यी पत्रिकाको पेजका हुंकारी राष्ट्रवादी सेलिब्रेटी, टीभीका सेलिब्रेटी पत्रकार, नियमित स्तम्भकार, तथाकथित वौद्धिक, नागरिक समाज, राजनैतिक कार्यकर्ता, एनजिओ कर्मी, दाता, के हुन ? यिनीहरूको अकस्मात आय र आलिशान जीवनको रहस्य के हो ? यिनीहरुका लाखौ करोडौ फलोअर के हुन ? यिनको अकल्पनीय हिम्मत, नाटकीय जुझारुपनको कारण के हो ? यिनलाई कल्ले विश्व घुमाउंछ? अगाडी पछाडी सुरक्षा किन चाहिन्छ ? किन कोही रहस्यपूर्ण तरीकाले रातारात जाग्छ देवता हुन्छ, रातारात दानव हुन्छ, गुमनाम हुन्छ, जेल पर्छ, मारिन्छ ? सम्झनोस त आजको लाईमलाईटका केही नाम ??

८. सच्चा राष्ट्रवादी यी दूवै तर्फका प्रोक्सी प्रायोजित ईन्टेन्सनल नटुवा, कुरै नवुझि चम्कने अवुझ हेजिमोनाईज्ड नटुवाहरु, केही वोतल विदेशी रक्सी र केही गड्डी नोट, नियुक्ति पाउंदा वुरुक्क उफ्रने, नपाउंदा लुरुक्क परेर असल राष्ट्रवादीको ढोङ रच्ने कुटील सम्भ्रान्त नटुवा, क्याम्प नै परिवर्तन गरेर ध्वस्त भएका दुस्साहसी नटुवाहरुको मुजरा हेरेर फिस्स हास्छ ।
*****
निष्कर्ष
अव आणविक हतियार संपन्न शक्तिशाली भारतसंग खुकुरीले लड्ने कुरो आएन । कुटनैतिक प्रयास, अन्तर्राष्ट्रियकरण गरौ, भारतले द्विपक्षीय सीमा विवाद अध्ययन समिति र विज्ञहरुसंग परामर्श चलिरहेको भन्छ । चीन भारत युद्ध ताका सामरिक हिसावले भारतले ओगटेको भुमि, पछि महाकाली सन्धिले यसमा लालमोहर लगाईहाल्यो। यो सबैलाई थाहा छ ।
अव के गरौ ?
कि जाम भाला वर्छा वोकेर लड्न कालापानी ??

भुवन कुमार वाग्ले
विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्