लकडाउनको ४८ औं दिन आज : ११० संक्रमित , ३१ जना संक्रमणमुक्त

लकडाउनको ४८ औं दिन आज : ११० संक्रमित , ३१ जना संक्रमणमुक्त

काठमाडौं, बैशाख २८ । सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालमा बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन भएको छ ।

यसबीचमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने ३१ जना संक्रमणमुक्त भएका छन् । यद्यपी संक्रमणमुक्त भएका ३ जनामा पुन: संक्रमण देखिए पछी आइसोलेसनमा राखि उपचार भइरहेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या ११० पुगेको हो । उनीहरुमध्ये चार जना उदयपुर भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् ।

वैशाख ५ गते भुल्केमा पहिलोपटक १२ जनामा कोरोना संक्रमण देखिएकोमा बढेर ३२ पुगेको छ भने १४ जना निको भएर घर पनि फर्किएका छन् ।

जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको सरकारले क्रमशः केही पेशा र व्यवसाय गर्न छूट दिन थालेको छ । सुरक्षा सावधानी अपनाएर गर्न पाइने त्यस्ता पेशा व्यवसायमा सामाजिक दूरीको पालना पनि गर्न भनिएको छ ।

बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन हुँदा पनि सरकारले पर्याप्त परीक्षण सामग्रीसमेत ल्याउन नसक्दा परीक्षण किट नहुँदा ठूलो आकारमा परीक्षण गर्न सकिएको छैन ।

 

सम्पादक नोट: यस अघि संक्रमणमुक्त भएका व्यक्तिहरुको संख्या अन्यथा भएकोमा सच्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्