स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुनसक्ने

स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुनसक्ने

अध्यक्ष जाभियर टेबासले स्पेनिस ला लिगा आगामी जुन महिनाको १२ तारेखदेखि सुरु हुनसक्ने बताउनुभएको छ । लिगा सुरु हुनुअघि प्रत्येक खेलाडी र अधिकारीहरूको परीक्षण गरिने उहाँले बताउनुभयो ।
लिगले खेलाडी र म्याच अधिकारीको परीक्षणपछि बन्द रङ्गशालामा खेल सुरु गर्ने जनाएको छ । आइतबार स्पेनको शीर्ष दुई डिभिजनका पाँच खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको थियो । उनीहरू पाँचैजनालाई आइसोलेशनमा राखिएको छ । लगातार दुईपटकको परीक्षणमा सङ्क्रमण नरहेको पुष्टि भएपछि मात्रै पाँचैजनालाई प्रशिक्षणमा ल्याइने टेबासले बताउनुभयो । गत सातादेखि ला लिगाले आफ्ना खेलाडीमा परीक्षण सुरु गरेको हो ।
लिगको क्रममा सङ्क्रमण शून्य हुनुपर्ने बताउनुहुँदै टेबासले प्रत्येक खेलाडीलाई परीक्षणपछि मात्रै मैदानमा उतारिने योजनाबारे प्रष्ट्याउनुभयो । उहाँले राष्ट्रिय प्रतियोगिताहरू जुलाइ ३१ सम्म सम्पन्न हुने लक्ष्य राखेर प्रतियोगिताको पुनर्तालिका गर्न लागिएको बताउनुभयो । यूरोपेली प्रतियोगिता अगष्ट महिनाको अन्त्यसम्म सम्पन्न हुने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
बार्सिलोनासहित अन्य क्लबले गत् सातादेखि प्रशिक्षण सुरु गरिसकेको छ । स्पेन कोरोनाभाइरसको सङ्क्रमणले यूरोपमा सबैभन्दा बढी प्रभावितमध्येकाे राष्ट्र हाे । स्पेनमा दुई लाख ६४ हजार ६६३ जना सङ्क्रमित छन् भने २६ हजार ६२१ जनाको मृत्यु भइसकेको छ ।
फुटबल प्रतियोगिता आर्थिक अवस्था उकास्ने एक महत्वपूर्ण पाटो रहेकोले बिस्तारै प्रतियोगिताका खेल सुरु गर्न लागिएको टेबासले उल्लेख गर्नुभयो । गोरखापत्रबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्