थप ९ जनामा संक्रमण, आजै १८ जनामा संक्रमण देखिँदा २६७ कुल संक्रमित

थप ९ जनामा संक्रमण, आजै १८ जनामा संक्रमण देखिँदा २६७ कुल संक्रमित

आज साँझ थप ९ जनामा कोभिड-९  संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ती अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानमा अवस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोभिड-१९ संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेहरुमा बिरगंजका ९ र १० वर्षिय बालक, २३ र ४७ वर्षिय महिला, उदयपुरका २५ वर्षिय पुरुष, दाङ्ग तलसीपुरका २३, ३६ र ३४ वर्षिय पुरुष र काठमाडौं सतुंगलका ७ वर्षिय बालहरु रहेका छन् ।

यस अघि आज बिहान ९ जनामा संक्रमण देखिएको थियो ।  आजै १८ जनामा संक्रमण देखिँदा कुल संक्रमित संख्या २६७ पुगेको छ ।

\

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्