कोभिड-१९ ले नेपालमा दोश्रो व्यक्तिको मृत्यु

कोभिड-१९ ले नेपालमा दोश्रो व्यक्तिको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड-१९ बाट दोश्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । बाँकेको नरैनापुर ५ का २५ वर्षिय पूरुषको मृत्यु भएको हो । उनी भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । उनमा ज्वरो र झाडापखाला जस्ता लक्षण देखिएको र आज ६ बजेर ४० मिनेटमा मृत्यु भएको बताइएको छ । उनको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।

यसका साथै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २ पुगेको छ । हिजो शनिवार मात्र सिन्धुपाल्चोकको सुत्केरी महिलाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

साथै हालसम्म नेपालमा कोभिड-१० को संक्रमण  २ सय ९२ जनामा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्