यस पटकको ईद कोरोना विरुद्ध लडिरहेका योद्धाहरुमा समर्पित – चांद बाबू इराकी

यस पटकको ईद कोरोना विरुद्ध लडिरहेका योद्धाहरुमा समर्पित – चांद बाबू इराकी

यस पटकको ईद कोरोना विरुद्ध लडिरहेका योद्धाहरुमा समर्पण-चांद बाबू इराकी

यस पटकको ईद कोरोनाका विरुद्ध लाग्ने योद्धाहरुलाई समर्पित जो हाम्रा लागि दिन रात नभनी कार्य क्षेत्रमा खटिएका छन । आफ्नो जीवनको जोखिमको प्रवाह नगरी देश र जनताको सेवामा आफूलाई उभ्याएका छन ऊनीहरुको कामको चर्चा जति गरे नि कम हुन्छ । सलाम छ यस्ता योद्धाहरुलाइ।

मुस्लिम समुदायको महान चाड ईद उल फित्तर आज सोमबार परेको छ । नेपालमा मुस्लिम सामुदायले यो चाड भब्य रुपमा मनाउदै आएका छन । कोरोना संक्रमणका कारण नेपाल पनि बिगत दुई महिना देखि पुरै लकडाउनमा छ । लक डाउनका कारण सारा विश्व संकटमा रहेकाले यस बर्ष अन्य बर्ष झै भब्य रुपमा मनाउने अवस्था छैन ।

यस पाली संसार कडा परीक्षाबाट गुज्रिरहेको छ। कोरोना माहामारीको कारणले हामीसँग नया कपड़ा, मिठो परिकार, आफन्त सँगको भेटघाट, सामूहिक ईद को नमाज़ पढ़ने र खुशियाली मनाउने वातावरण छैन तथापि बिभिन्न बाधा, अबरोध र अभावबीच हामी बाची रहेका छौ, हारेका छैनौ। दीन दुःखीको सहयोग, सबैको सुस्वास्थ्यको कामना गर्दै, सामाजिक दूरी कायम गर्दै, घरमा बसेर भएनी एक आपसमा खुशी साटासाट गर्दै ईद मनाउने छौ।

पहिले जस्तो सामान्य अवस्था नभए पनि हामीले आफ्नो चाडलाई सहज रुपमा मनाउन सक्छौ। लक डाउन का कारण खाना को दुख भएका लाई सहयोग गर्ने उपयुक्त समय हो यो । त्यसैले आफुले सकेको सहयोग गरेर हामी दिन दुखी को मुहारमा खुशी ल्याउन सक्छौ । त्यसै पनि मुस्लिम समुदायले आफ्नो कुल आम्दानीको २.५% समाजमा राम्रो काम का लागि खर्च गर्नु पर्ने भन्ने छ । जसलाइ जकात भनिन्छ । सोहि अनुसार धेरैले समाजमा खर्च पनि गरि रहेका छन जुन सुखद पक्ष हो ।

समय राम्रो हुदा त हामी ले धेरै जना मस्जिदमा जम्मा भएर एक आपसमा खुशी साट्दै यो चाड मनाएकै हो । तर अहिलेको अवस्था ठिक नभएको कारण हामी घर मै छौ आफ्न्त साथीभाइ भेट्ने अवस्था छैन । यस्तो अबस्थामा हामीले सामाजिक सजाल बाट सबैलाई सुरक्षित रहन अपिल गर्दै महिला बाल बालिका वृद्ध वृद्धाको स्वास्थ लाई समेत ख्याल राख्दै हामी अघि बढ्नु पर्छ ।

कोरानाको यो समय चाडै जाओस विश्व चाडै आफ्नै लयमा फर्कियोस । हामी सबै पुन खुशी साथ बाच्ने अवस्था आओस । सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्