धरानमा ग्यास चुहिएर आगलागी ,आमाछोरीको मृत्यु

धरानमा ग्यास चुहिएर आगलागी ,आमाछोरीको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका १५ मा भएको आगलागीमा परि आमाछोरीको जलेर मृत्यु भएको छ ।

साम्पाङ मार्गका नरबहादुर श्रेष्ठको पुरानो घरमा आज बिहान आगलागी भएको हो । छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण नरबहादुरको काठको दोमल्ले घर जलेर नष्ट भएको छ ।

माथिल्लो तलामा रहेकी फरक क्षमताकी छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाको पनि जलेर मृत्यु भएको बताइएको छ । स्थानीय प्रत्यक्षदर्शीले आगलागी हुन थालेपछि धनमायाले आफ्नी छोरीलाई लिन गएकी थिइन् । ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि प्रहरीले यसबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

बिहान ८ः१५ बजे सुरु भएको आगो धरानका दुई र इटहरीको एक दमकलले निभाएका थिए । योबाहेक जनपद, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले पनि आगलागी नियन्त्रणमा सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्