अमेरीकी लप्काको उज्यालोमा वैदेशिक हस्तक्षेप र नेपाल – भुवन कुमार वाग्ले

अमेरीकी लप्काको उज्यालोमा वैदेशिक हस्तक्षेप र नेपाल – भुवन कुमार वाग्ले

अमेरीकी लप्काको उज्यालोमा वैदेशिक हस्तक्षेप र नेपाल

अमेरिकाको मिनेपोलिस शहरमा प्रहरी ज्यादतीवाट अश्वेत नागरीकको मृत्यु भएपछि अमेरिकाका शहरहरूमा आगो वलेको छ । आई क्यान्ट व्रीथ र व्ल्याक लाईफ म्याटरको पोस्टर वोकेर कोरोनालाई वास्ता नगरी आमजनता सडकमा आई आगजनी तथा लुटपाटमा समेत संलग्न भएपछि प्रहरीको व्याक अपमा सेना उतारिएको छ । प्रहरी र सेनाको अत्यधिक ‌वलप्रयोगले वृद्ध महिला वालवालिका घाईते र गिरफ्तार भएका छन । अर्कोतर्फ विश्वमा सबभन्दा वढी कोरोना संक्रमित र मृत्यु अमेरीकामा नै भएको छ । उसको यो हविगत देख्दा दया लाग्नुपर्नेमा वरु उसले विश्वभरी गरेको ज्यादतीको झलझल सम्झना आउँछ जसवाट नेपालपनि अछुतो छैन ।

विश्वको सर्वशक्तिमान देश अमेरिका विश्वभरी अरुलाई तथाकथित मानवाधिकारको अर्ति दिन्छ, साना र उसको फौजी, आर्थिक र सामरीक दादागिरी नस्वीकार्नेहरुको देशमा सफ्ट र हार्ड दुवै हतकण्डा प्रयोग गर्दछ । गुप्तचर प्रयोग गरी विद्रोह गराउने, शसस्त्र विद्रोही र सरकार दुवैपक्षलाई हतियार दिएर भिडाउने, लाशका पहाड थुपारेर ती देशलाई अलगथलग वनाउने, आर्थिक नाकाबन्दी गर्ने, र आफ्नो कठपुतलीलाई सो देश जिम्मा लगाई सो देशको दीर्घकालीन दोहन गर्ने अमेरिकी विदेशनीतीको शिकार हाम्रै आंखा अगाडि छन ।

अफगानिस्तान, इराक, सिरिया, भेनेजुएला, लिविया, प्यालेस्टाइन, यमन अमेरिकी खेलवाट ध्वस्त छन भने क्युबा, ईरान, उत्तर कोरिया, कतार, टर्की रातदिन धम्की र आर्थिक नाकाबन्दी खेपिरहेका छन् । वाकी रहेका रुस र चीन अमेरिकाका चीर शत्रु र प्रतिस्पर्धी भएपनि उनीहरुको आर्थिक सामरिक क्षमता, राष्ट्रिय एकता र आणविक क्षमता का कारण अमेरिका सीधा लल्कार्न सक्दैन । तर लामो शीतयुद्ध पश्चात १९९० मा सोभियत संघ टुक्राउनु, अहिले चीनलाई आर्थिक युद्ध थोपर्नु, जापान, साउथ कोरीया, फिलिपिन्समा सैनिक क्याम्प राखेर साउथ चाइना सीमा तनाव वढाउनु, हंगकंग र ताइवानलाइ उकास्नु, सिन्जीयाङका उईघुर र तिव्वती पृथकतावादी लाई उचाल्नु सबै अमेरिकी गतिविधिहरु हुन । उसका यी यावत गतिविधि र चीन रुसको प्रतिरोधका कारण विश्व राजनिती नै अस्थिर र अनिश्चित बनेको छ ।

नेपाल सानो र कमजोर देश भएपनि अमेरिकाको यतिविघ्न चासो र सक्रियताको कारण नेपालको भौगोलिक अवस्थिति हो । यो विश्वकै विशाल जनसंख्याहरुको वीचमा भएकोले यहाँ आफ्नो प्रभाव वढाउंदा दुवै तर्फको निगरानी र नियन्त्रण गर्न सकिने भएकाले उ सकेसम्म यहाँ दवदवा राख्न चाहन्छ । मलाई लाग्छ, विवाद नआउने भए र नेपाली राष्ट्रवादी फ्याक्टर चुप लागे उ फिलिपिन्स, साउथ कोरीया, जापान, अफगानिस्तानमा जस्तै यहाँ घातक हतियार सहित सेना राख्न चाहन्छ। उ यसका लागि वहाना खोजिरहेको छ । एमसीसी र ईन्डो प्यासिफिक स्ट्राटेजीको उद्देश्य यही नै हो । यो घोषणा गरिएको अनुदान विष मिसिएको मिठाई वाहेक केही हैन ।
हुन त उसका र युरोपियन सहयोग निकायहरु, उसका फन्डिङ भएका आईएनजीओ, एनजिओहरु गरीवी निवारण, वातावरण संरक्षण, मानवअधिकारको नाममा नेपालकोे सबै कुनाकाप्चामा पुगेर सुचना लिने र त्यो सुचना आदाप्रदान गरिरहेकै छन । यिनीहरूको कति वजेट आउंछ र कहाँ कुन शिर्षकमा खर्च हुन्छ भन्ने यकिन तथ्यांक नेपाल सरकारसंग छैन ।

नेपालका उच्चपदस्थ कर्मचारी र प्रभावशाली नेता ठुला मिडियाहरूको विदेश भ्रमण, दशै दिपावली, शानशौकत, पि आर, नेपालवाट सुचना वेचेको र मनलाग्दी गर्न छाडा छोडेको मुल्य हो भन्ने छर्लङ्ग छ । यिनीहरु नै नेपालको भ्रष्टिकरणका जिम्मेवार हुन । यिनीहरुका प्रतिनिधि नेपाली समाजका जराजरासम्म पुगिसकेका छन् । नेपालमा भैरहेको ईसाई धर्मपरिवर्तन, जातिय द्वन्द, सामाजिक द्वन्द, नकारात्मकता र वौद्धिक दिवालियापन, दलालीकरण, अमानवीय अपराधहरु यिनै गतिविधिका प्रोडक्ट र वाईप्रोडक्ट हुन । उनीहरुको एजेण्डा र ईशारा स्थापित गर्न नेपालका अधिकांस मिडियामा कुर्लने वुद्धिजीवी कि त अमेरीकी छात्रवृत्तिका पिएचडी, कि एनजिओ आईएनजीओका प्रमुख, यिनीहरुका लगानीमा वांचेकाहरु मात्र हुन्छन् । कतिपय विचराहरु होहरे र अज्ञानतामा यिनीहरुको पछि लाग्दछन् । देशभक्त र ईमान्दारहरुलाई प्रभावशाली मिडियाले स्पेस दिदैन र दिईहाले पनि कन्टेन्ट सम्पादन गरेर विवाद सृजना गरिदिन्छ ।

नेपालमा जसले यी आम प्रवृत्तिको विरोध गर्छ, यदि उसको आवाज र गतिविधिले उनीहरूको स्वार्थमा असर पर्ने देखियो भने त्यसको मिडिया मार्फत ठुलो आवाजले भत्सर्ना गरिन्छ र उसलाई वैचारिक तरीकाले दवाईन्छ । नेपालका मुलधारका संचारमाध्यमहरुको काम र आम्दानीको श्रोत यही हो । उनीहरुले नेपालमा प्लान्ट गरेका राजनीतिज्ञ,
तथाकथित वुद्धिजीवी, सामाजिक अभियन्ता र अमेरीकी विश्वविद्यालयका पिएचडी प्रोफेसरहरु लगायतलाई मिडियामा वोलाएर काउन्टर वोल्न लगाइन्छ वा आवश्यक परेमा सडकमा उतारिन्छ । एक्लै भएन भने भारतीय फ्याक्टरको पनि सहयोग प्रयोग गरी उसलाई पंगु मुकुन्दे वनाईन्छ । तर यति गर्दापनि सो आवाज दविएन भने भरपर्दो श्रोतवाट सल्लाह लोभ दिईन्छ, अवसर वा नगदले उसको मुख टाल्ने काम गरिन्छ । यसबाट तुरन्त उसको वोली फेरिन्छ वा उ चुपलाग्छ । यस चरणलाई अस्विकार गरेमा उसको जीवनसंग सम्वन्धित कुराहरू जागिर, सुविधामा प्रहार गर्ने धम्की दिईन्छ वा उसका कमजोरीहरुको खोजी गरी इमोसनल व्ल्याकमेल गरिन्छ ।
नेपालमा स्थापित राष्ट्रवादी व्यक्तित्वहरु चुनावमा हार्नु, विभिन्न विवादमा पर्नु, मारिनु वा चुपचाप वस्नु यसैको परिणाम हो ।

निष्कर्षमा चुरो कुरा के हो भने यी पश्चिमा र भारतीय विदेशी फ्याक्टरको कोपभाजनमा पर्यो भने त्यो जतिसुकै प्रखर भएपनि नेपालमा त्यो व्यक्ति वा संस्था सकिन्छ । यदि यिनिहरुको आशिर्वाद पायो भने फकीरको पनि भाग्यको लकिर खुल्छ नेपालमा । यिनै दुई शक्तिले नेपालमा राजनीतिक परिवर्तन, विभिन्न घटना परिघटना सत्तापलट चूनाव जिताउने हराउने काम गर्दछन । अझ स्पष्ट शव्दमा भन्नुपर्दा राजतन्त्र र हिन्दूराष्ट्रको अन्त्य यही दुई शक्तिलाई खेल्न अवरोध भएकाले गराईएको रहेछ भन्ने कुरा आज छर्लङ्ग वुझिएको छ ।

अव यसको प्रतिरोधमा चिनीयाँ फ्याक्टर पनि नेपालमा सक्रिय भएकोले नेपाल पुर्णत एउटा प्रोक्सी वार जोन भएको छ । यहाँ अव देशभक्त वा तटस्थ रहन गाह्रो छ । हालसालै नेपाल सरकारले कालापानीमा भारतले थिचोमिचो गरी एकलौटी नेपाली भुमिमा सडक उद्घाटन गरेको विरोध गर्दा चिनियाँ प्रभावमा परेको आरोप आउनु यही समस्याको कास्टिङ हो । त्यसैले हामी सबै नेपाली सचेत भएर डटेनौ भने हामी रहदैनौ । यो एउटा ठुलो चिन्ताको विषय हो ।
तसर्थ जर्ज फ्लोयडको हत्या र त्यसको विरोधको सल्किएको लप्काहरुले सृजना गरेको उज्यालोले अमेरीकी नीतीको दोहोरो मापदण्ड र नेपाल लगायत विश्वभरिका राष्ट्रहरुमा गरेको ज्यादतीको प्रक्रिया छर्लंग भएको छ ।
****
धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्